पर्वत ।
बालिका लाई जवरजस्ती करणि गरेको आरोपमा पर्वतको कुश्मा नगरपालिका वडा नं २ का खिम बहादुर परियार लाई प्रहरीले पक्राउ गरेको छ ।
जलजला गाउँपालिका वडा नं ३ बउरमा झारफुक गरी वस्ने वर्ष ४५ का परियारले कुश्मा नगरपालिका ८ की “कुश्मा झा लाई जवरजस्ती करणि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत चेत्र ३१ गते साझ ५ बजे परियारको घरमा झारफुकको लागी गएकी बालिकका लाई परियाले नजिकैको जङगलमा लगेर जर्बजस्ती करणी गरेको पिडितको आरोप छ । बालिका लाई वनको पानीको मुलमा वस्ने मसान लागेको छ भन्दै झार फुक गर्ने नाउँमा वनमा नै गएर पुजा गर्नु पर्छ भनी परियारले जङगलमा लगेर जर्बजस्ती गरेको भन्दै पिडित बालिकाले प्रहरीमा निवेदन दिईएकी थिइन् ।
पक्राउ परेका परियारलाई प्रारम्भिक अनुसन्धान पश्चात जवरजस्ती करणी अन्तरगत मुद्दा दर्ता गरी थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
18.02¡ÆC