काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डलर तस्कर गर्दै आएको पाइएपछि प्रमाणसहित पक्राउ परेका पाइलट सुवर्ण अवाले धरौटीमा छुटेका छन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्समा करिब तीन दशक बिताएका सम्पन्न परिवारका अवाले ९३ हजार ५ सय अमेरिकी डलरसहित विमानस्थलबाट पक्राउ परेका थिए ।

पक्राउ परेका अवालेले डलर बराबरको ९६ लाख ९० हजार चार सय आठ रुपैयाँ धरौटी बुझाएर प्रहरी खोरबाट निस्किएका हुन् ।

३३ वर्षअघि जुनियर को पाइलटका रुपमा निगममा सेवा सुरु गरेका अवाले पछिल्लो समय निगमको एयरबसका वरिष्ठ पाइलट थिए ।

अवालेले ट्वीनटर , बोइङ हुँदैं डेढ वर्षअघि मात्र एयर बस ‘न्यारो बडी’ उडान थालेका थिए । करोडपती अवाले सिनामंगलको सम्पन्न परिवारका हुन् ।

उनको दुई छोरीमध्ये एक जना अमेरिकाको हाबर्ड विश्वविधालय र अर्की हङकङमा अध्ययन गरिरहेकी छिन् ।

22.93¡ÆC