देश द्रोही सीके राउत बिरुद्ध राज्य विप्लव मुद्दा

बैशाख ३, २०७४ मा प्रकाशित | 1058 views

बुटवल ।

नेपाल टुक्राउने भन्दै भारतीय र पश्चिमा देशको कथित मानवअधिकारको आडमा स्वतन्त्र मधेस अभियान चलाएका देशद्रोही सीके राउतलाई राज्य बिरुद्धको संगठित अपराध ९राज्यबिप्लव० मुद्दामा अनुसन्धान थालिएको छ ।

राततलाई आइतबार रुपन्देहीको जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएर बयान थालिएको प्रहरीले जानकारी दिएको छ ।

चैत ३१ गते सिराहा जिल्ला अदालतले १० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएपनि लगत्तै देशद्रोही राउतलाई प्रहरीले पक्राउ गरेको थियो ।

रुपन्देही प्रहरीले अनुसन्धान गर्नु पर्ने भन्दै राउतलाई बुझाउन माग गरेपछि सिराहा प्रहरीले पक्राउ गरेको थियो ।

राउतलाई फाँसीको सजाय दिनुपर्ने वा आजिवन कारावास सजाय दिनुपर्ने आम माग गरिएपनि काँग्रेस, माओवादीकै केही नेता तथा नयाँ शक्तिका नेता बाबुराम भट्टराई लगायतले उनको बचाउ गर्दै आएका छन् भने तराई केन्द्रित राजनीति गर्दै आएका भारत परस्त दल र तीनका नेताहरुले समेत राउतको बजाउ गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web