काठमाडौं ।

नइ प्रकाशनले आ–आफ्ना ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने पाँच वर्षदेखि १५ वर्षसम्मका नौ बालबालिकालाई २०७३ सालको ‘नइदेरुनीखपू बाल पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा आज बसेको बैठकले बहुआयामिकतर्फ शाश्वत घिमिरे, साहित्यतर्फ अर्चना उप्रेती, चित्रकलातर्फ सौजन्य श्रेष्ठ, गायनतर्फ किम्ती श्रेष्ठ, नृत्यतर्फ श्रीयाशाक्य र खेलकुदतर्फ कमलबहादुर थापा मगरलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । ताम्रपत्रसहित ती पुरस्कारको राशि जनही रु दश हजार छ ।

यसैगरी ‘नइ कोपिला पुरस्कार’ गायनमा एन्जेल राई र नृत्यमा सम्राज्ञीश्री बस्नेतलाई समर्पण गर्ने भएको छ । ताम्रपत्रसहित सो पुरस्कारको राशि जनही रु सात हजार छ ।

त्यस्तै ताम्रपत्रसहित रु पाँच हजार राशिको ‘नइचिचिला पुरस्कार’ पाँच वर्षीया प्रिन्सा विश्वकर्मालाई नृत्यतर्फ दिइने छ ।

21.06¡ÆC