अर्याललाई आईजिपि बनाउनुको कारण देखाउन प्रधानमन्त्रीलाई आदेश

चैत्र ३०, २०७३ मा प्रकाशित | 1133 views

काठमाडौं ।

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक पदमा प्रकाश अर्याललाई बढुवा गर्नुको कारण अगामी वैशाख १५ गतेभित्र लिखित रुपमा पेस गर्न सरकारका नाममा आज कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले रिटको सुनवाई आगामी बैशाख १९ गतेको पूर्ण इजलासमा हुने आदेश भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनी रूपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको भन्दै आफूलाई महानिरीक्षक बनाउन माग गरेर हिजो सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web