झापा ।

सिमामा रहेका जंगे पिलर देखी सहाक स्तंभ गायब र रातारात नेपालतर्फ सार्दै सिमा मिच्दै आइरहेको भारत सीमा स्तम्भ बनाउने र ममर्त गर्ने कामबाट पछि हट्न थालेको छ ।

दुई साता अघि मात्र कञ्चनपुरमा नेपाली सिमा मिच्न खोज्दा नेपालीहरुले प्रतिकार गर्दा एकजनालाई गोली हानेर हत्या गरेको भारतले झापामा सीमास्तम्भ बनाउने, मर्मत गर्ने तथा हराएका ठाउँमा स्तम्भ राख्ने काममा उदासीन बन्दै काम रोकेको छ ।

विगत तीन वर्षदेखि नेपाल र भारतका नापीका अधिकारी सम्मिलित टोलीले दुई देशबीचका सीमा रेखांकन गर्ने काम गरिरहे पनि सीमास्तम्भ बनाउने कामका लागि भारतले बजेट निकासा नगरेपछि भारतको जिम्मा रहेको काम हुन सकेको छैन ।

भारतको जिम्मामा रहेका सीमास्तम्भ बनाउने तथा मर्मत गर्ने काम विगत एक वर्षदेखि शून्य रहेको छ ।
नेपाल पक्षले भने करिब भारतले रातारात सिमा स्तम्भ सार्ने, गायब पार्ने तथा तोडफोड गर्ने गरेका कारण आफ्नो काम ८० प्रतिशत गरिसकेको छ ।

नेपालले बिजोडी र भारतले जोडी नम्बरका सीमास्तम्भको काम गर्ने सम्झौता भएपनि भारतले सिमा स्तम्भको जिम्मेवारी पुरा नगरि पन्छिएको हो ।
अहिले झापाको घेराबारीमा नेपाल र भारतबीच सीमा क्षेत्र कायम गर्ने र हराएका सीमास्तम्भ भएको ठाउँ पत्ता लगाउने काम भइरहेको छ ।

नेपालले बिजोडी नम्बरका सीमास्तम्भ बनाएर लगभग अन्तिम चरणमा पुर्याएको छ । बिजोडी नम्बरका मुख्य स्तम्भ र तिनका सहायक स्तम्भहरूको समेत निर्माण गर्ने, सिमेन्ट लगाउने तथा रंगरोगन गर्ने काम धमाधम भइरहेको छ ।

दक्षिण झापाको नेपाल-भारत सीमाबाट रातारात सीमास्तम्भहरू हराएका थिए ती सिमा स्तम्भ भारतीय पक्षले रातारात उखेलेर भारत तर्फ लगेको बताइन्छ ।

19.28¡ÆC