काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनका सम्बन्धमा मधेसमा उठ्दै आएको समस्याबारे छिटो ठोस निर्णयमा पुग्न सरकारलाई आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगद्वारा आज ललितपुरको गोदावारीमा आयोजित निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले आज अबेरसम्म सरकारबाट ठोस निर्णय आउन नसके अप्ठेरो हुने बताउनुभयो ।

उहाँले जिल्ला जिल्लामा जनशक्तिको व्यवस्थापन, मतदाता शिक्षा, मतदानको लागि आवश्यक सामाग्रीको व्यवस्थापन गरेर अघि बढिरहेको जानकारी दिनुभयो ।

प्रमुख आयुक्त डा. यादवले निर्वाचनलाई सकेसम्म कम खर्चिलो, वैदेशिक परनिर्भरता कम र आचार संहिताको प्रभावकारी अनुगमन गरिने उल्लेख गर्नुभयो ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनले लोकतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा कोशेढुङ्गाको काम गर्ने बताउनुभयो ।

नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले वितिय अनुशासनभित्र रहेर कम खर्चमा निर्वाचनको जिम्मेवारी पुरा गर्नेमा सबै कर्मचारीबाट आवश्यक सहयोग हुनुपर्ने र कर्मचारीमा व्यवसायिक दक्षता र व्यवहारमा तटस्थ हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

आयोगका सचिव गोपीनाथ मैनालीले स्वतन्त्र र निष्पक्ष निर्वाचनले मात्र लोकतन्त्र सुदृढ हुने पक्षलाई निर्वाचनमा खटिएका कर्मचारीले ध्यान दिनुपर्ने बताउनुभयो ।

20.87¡ÆC