<p>पप्पु गुरुङ्, २१ चैत्र, महाकाली नगरपालिका । सुदूर पश्चिम समाज, दक्षिण कोरियाले सिमानामा सहादत प्राप्त गौतम परिवार सहयोग संकलन संगै शर्माली २ बैतडी मूलघर भई कन्चनपुर दोधारा बस्दै आएका जीप दुर्घटना घाईते भएका महाकाली नगरपालिका वडा नं. २ निवासी प्रेम सिंह साउँदका धर्मपत्नी सबिता साउँदको उपचार खर्चाको लागी सहयोग संकलन थालेको छ् । आर्थिक अवस्था दैनिय रहेको साउँदको सहारा बिहिन बनेका बाल बालिकाहरुको सहयोगको लागी सहयोग संकलन थालिएको महाकाली नगरपालिका घर भई हाल बैदेशिक रोजगारीमा कोरिया बस्दै आएका तेज चन्द ठकुरीले बताएका छन् । “अझै सम्म हामीले सबिताको उपचारको लागी रु. ६५ हजार संकलन गरिसकेका छौं” तेज चन्द ठकुरीले बताए । उनि लगाएत कोरियामा बस्दै आएका नेपालीहरुले जिप दुर्घटनामा घाईते भएका सबिता साउँद र सिमा क्षेत्रमा सिमा रक्षामा भारतिय सुरक्षा फौजबाट ज्यान गएका गौबिन्द गौतमको परिजनलाई सहयोग संकलन थालेको ठकुरीले बताएका छन् । “संकलित सहयोग रकम नेपाल पठाउने छौं” उनले भने । सहयोग संकलनमा कोरियामा बस्दै आएका नोपली दाजु भाईहरुले राम्रै सहयोग गरेको बताएका छन् । मानवता को नाताले हाम्रो सानो सहयोग ले ती घाइतेहरु को उपचार मा र सहरा बिहिन बाल बालिकाहरुको ब्यबस्थापन मा केही सहयोग पुग्न सक्छ कि भन्ने उद्धेश्यले सञ्चालन गरिएको सहयोग संकलन गर्न थालिएको कोरिया स्थित रहेका सहयोग संकलन अभियानका एक सदस्य तेज चन्द ठकुरीका अर्का सहकर्मी खेम साउदले कोरियाबाट खबर पठाएका छन् । पौष १७ गते दोधारा चाँदनीबाट भारत हदै पुजा गर्न पहाड घर बैतडी जोने क्रममा भारतको लुहाघाटमा जिप दुर्घटना भएको थियो । जिप दुघृटनामा सबिताका ससुरा तथा छोराको मृत्यु भएको थियो । दुघृटनामा उनको शरिरै भरी चोट आउनुको साथै खुट्टाको हड्डी टुटेको छ् । आर्थिक अवस्था कमजोर भएको कारण औषधी उपचार गर्न नसकेर घरैमा जडिबुटी गर्दै आएका छन् । चाडैनै एक कार्यक्रम गरि संकलित रकम हस्तान्तरण गर्ने तयारी भईरहेको बताईएको छ् । भारतको लुहाघाटमा भएको जिप दुर्घटनामा एकै परिवारको ५ जनाको ज्यान गएको थियो । </p><div><br></div>
20.12¡ÆC