ताप्लेजुङ ।
पहिलो पटक जिल्ला अदालत ताप्लेजुङले पीडकले दिनुपर्ने क्षतिपूर्तिवापतको रकम सरकारलाई तिर्न आदेश दिएको छ ।

बालिका बलात्कार अभियोग लागेका याङवरक थुम्बेदिनका २० वर्षीय ठूलपी भन्ने विकास बिकले पीडितलाई दिनुपर्ने ७५ हजार रुपैयाँ सरकारबाट भराउन फैसला दिएको हो ।

पीडकको नाममा कुनै आर्थिक सम्पत्ति तथा श्रोत नदेखिएपछि अदालतले बालिकालाई दिइने क्षतिपूर्ति महिला तथा बालबालिका कार्यालयबाट उपलब्ध गराउने फैसला गरेको हो ।

श्रेष्तेदार गोपाल थापाका अनुसार अदालतले पीडितलाई सरकारबाट क्षतिपूर्ति उपलब्ध हुने गरी फैसला सुनाएको यो पहिलो हो ।

अदालतले पीडक बिकलाई १४ वर्ष जेल सजाय समेत सुनाएको छ ।

मुद्दा अदालत पुगेको ९ दिनमै जिल्ला अदालतले मुद्दाको सुनुवाई गर्दै प्रतिवादी विकलाई १४ वर्ष जेल सजाय सुनाएको हो ।

17.32¡ÆC