सुरक्षा निकायलाई निर्वाचन सुरक्षा तालीम

चैत्र १८, २०७३ मा प्रकाशित | 608 views

काठमाडौं ।
निर्वाचन आयोगले आउँदो स्थानीथ निर्वाचनका लागि निर्वाचन सुरक्षा र सुरक्षा विषयक दुईदिने प्रशिक्षण शुरु गरेको छ ।

प्रशिक्षण को उद्घाटन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गर्नुभयो ।

डा. यादवले निर्वाचनमा सुरक्षा निकायबाट निष्पक्ष, स्वतन्त्र र तटस्थ भएर कार्यम्पादन हुनेमा आयोग विश्वस्त रहेको बताउनुभयो ।

आयुक्त सुधीर कुमार शाहले धेरैभन्दा धेरै मतदाता मतदानमा सहभागी हुने र कुनै डर, धाक र धम्कीबिना निर्भिक रुपमा मतदान गरेर घर फर्कन सक्ने वातावरण निर्माण गरी पेशागत दायित्व बहन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो ।

गृहमन्त्रालयका सहसचिव बालकृष्ण पन्थीले धेरै वर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी र उम्मेदवार बढी हुने भएकाले सुरक्षाको विषय गम्भीर र विशेष महत्वको बनेको बताउनुभयो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने लक्ष्यले सुरक्षाकर्मीका लागि प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

२ दिनसम्म चल्ने प्रशिक्षणमा नेपाली सेनाका १५, नेपाल प्रहरीका २०, सशस्त्र प्रहरी बलका १५ र राष्ट्रिय अनुसन्धान विभागका छ अधिकृत सहभागी हुनुहुन्छ ।

रक्षा मन्त्रालय र गृहमन्त्रालयका दुई÷दुई अधिकृत पनि प्रशिक्षणमा सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web