टोकियो ।
नेपाली नयाँ बर्षको अवसरमा क्योउदाइ रेमिट्यान्सले जापानबाट नेपाल पैसा पठाउँदा विभिन्न उपहार योजना सार्वजनिक गरेको छ ।

"यसपालीको नयाँ वर्ष, क्योउदाइ रेमिटान्स 'आईएमई' ले लिएर आयो हर्षै हर्ष” नाम दिएर ल्याइएको उपहार योजना राजधानी टोकियोमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको थियो ।

अप्रिल ३० तारिख सम्मको लागि हरेक दिन दुई जनाले आकर्षक उपहार पाउनेगरि योजना सार्वजनिक गरेको हो ।

रेमिटले यसको अलावा हप्ताको एक जनालाई बम्पर उपहारमा ल्यापटप समेत दिने भएको छ ।

हरेक दिनको उपहार योजनामा बिजयीले भने पाँच हजार येन बराबरको उपहार कुपन पाउनेछन् ।

21.56¡ÆC