अख्तियारद्वारा घुसलिदै गर्दा भूमिसुधारका नासु पक्राउ

चैत्र १६, २०७३ मा प्रकाशित | 547 views

बीरगञ्ज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाबाट खटिएको टोलीले भूमिसुधार कार्यालय पर्साका नासु विश्वनाथ प्रसाद यादवलाई सेवाग्राही संग घुस लिदै गरेको अबस्थामा पक्राउ गरेको छ ।

अख्तियारका प्रहरी नायव उपरिक्षकको कमाण्डमा खटिएको टोलीले कार्यालयमै सेवाग्राही सँग १५ हजार रुपैया घुस लिदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाले जनाएको छ ।
पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिई हेटौडा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web