नेपालद्धारा पाकिस्तानलाई १८१ रनको लक्ष्य, पाकिस्तान जवाफी ब्याटिंगमा

चैत्र १४, २०७३ मा प्रकाशित | 690 views

काठमाडौं ।
एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत बंगलादेशमा जारी पहिलो खेलमा नेपालले पाकिस्तानलाई १ सय ८१ रनको बिजय लक्ष्य दिएको छ ।

नेपाली टिमले दिएको लक्ष्य पछ्याउँदै अहिले पाकिस्तानको यू २३ टोली व्याटिंगमा उत्रिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८० रन बनाउन सकेको हो ।

सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले इनिङ संहाल्दै नेपालको रनरेट बटाएका थिए ।

ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल २, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा पेविलियन फर्किएपछि नेपाली टोलि धर्मराउन पुगेको थियो ।

तर त्यसपछि आएका शरदले सुनीलसँग मिलेर पारी उकासेका थिए । सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरे ।

त्यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले नेपालको खातामा २४ रन जोडे । उनले ३१ बल खेलेर १ छक्का प्रहार गरे भने आरिफ शेखले १८ रनको योगदान दिए ।

नेपाललाइ सस्तैमा समेट्ने क्रममा पाकिस्तानमा गुलाम मुदासार एक्लैले ५ विकेट लिए भने उसामा मिरले पनि २ विकेट लिए ।
खेल अहिले चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web