नेपाली नयाँ बर्षमा कतारमा न्यु ईयर नाइट हुँदै

चैत्र १३, २०७३ मा प्रकाशित | 2122 views

कतार ।
नेपाली नयाँ बर्ष २०७४ मा कतारमा रहेका नेपालीहरुको लागि विशेष सांगितिक कार्यक्रम हुने भएको छ ।

नेपाली न्यु इयर नाइट २०७४ को नाममा हुन लागेको सांस्कृतिक कार्यक्रममा नेपालका लोकप्रिय गायक गायिका तथा प्रस्तोताहरु आउने भएका छन् ।

आयोजक समितिका सदस्य नारायण भण्डारीले दिएको जानकारी अनुसार गल्फ होराइजन होटलमा हुने नयाँ बर्ष शुभकामना तथा सांस्कृतीक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

कार्यक्रमको लागि गायक बादल प्रसाई, भरत सिटौला, बिजय लामा सहित देविका केसी गुरुगंले आफ्ना लोकप्रिय गितहरु गाएर उपस्थित दर्शकलाई मनोरञ्जन दिलाउनेछन् ।

सञ्चारकर्मी सुशील नेपाल र विवेक खतिवडाले सञ्चाल गर्ने भएको कार्यक्रमको टिकट विक्रि समेत धमाधम भइरहेको नारायण भण्डारीले जानकारी दिनुभयो ।

विक्रान्त कार्की र विस्णु कार्कीद्धयले आयोजना गर्न लागेको कार्यक्रममा अनिता दाहाल र सपना केसीले आफ्नो नृत्य सहितका प्रस्तुतीहरु पस्कनेछन् ।

साँझ ८ बजेबाट सुरु हुने कार्यक्रमको लागि अग्रिम टिकट बुकिगं गराउन आयोजकले कतारमा रहनुभएका सबै नेपालीमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web