उत्तर कोरियाले बनायो शक्तिशालि इन्जिन, स्याटलाइट र मिसाइल दुवैमा प्रयोग हुन सक्छ

चैत्र ६, २०७३ मा प्रकाशित | 1887 views

एजेन्सी ।
उत्तर कोरियाले स्याटलाईट प्रक्षेपण र लामो दुरीसम्म मिसाइल आक्रमण गर्नसक्ने उच्च क्षमताको नयाँ इञ्जिन बनाएको घोषणा गरेको छ ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले नेता किम जङ् उनलाई उदृत गर्दै यो इञ्जिनको विकाससंगै उत्तर कोरियाले विश्वस्तरको भूउपग्रह प्रक्षेपणको क्षमता हासिल गरेको बताएको छ ।

गत महिना मात्र चारवटा लामो दुरीको आणविक क्षमताको रकेट परिक्षण गरेको उत्तर कोरियाले यो सफलतालाई मुलुकको रकेट क्षेत्रको नयाँ जन्म भएको बताएको छ ।

अमेरिकासम्म मार हान्न सक्ने क्षमताको क्षेप्यास्त्र निर्माणमा जुटिरहेको बताइएको उत्तर कोरियाले गत महिनामात्र गरेको चारवटा रकेट परिक्षण मध्ये तीनवटा जापानको ओकिनावामा रहेको अमेरिकी सैन्य अड्डा लक्षित रहेको थियो भने उक्त परिक्षण रकेट जापानी समुन्द्र क्षेत्र नजिकै खसेको थियो ।

उत्तर कोरियाले दाबी गरे अनुसारको नयाँ इञ्जिन निर्माणमा सफलता मिलेको भएमा यसले लामो दूरीको आणविक क्षेप्यास्त्र विकास गर्ने उसलाई सहयोग पुग्ने भन्दै जापानी सञ्चारमाध्यमहरुले यसबाट विश्वशान्तिमा खतरा बढ्ने उल्लेख गरेका छन् ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन आफ्नो पहिलो चीन भ्रमणका बेलामा हाल बेइजिङ्मा चिनियाँ नेताहरुसँग भेटवार्ता गरिरहेको बेलामा यो खवर बाहिर आएको हो ।
यसअघि टिलरसनले उत्तर कोरियाविरुद्धको सैनिक कारबाही एउटा विकल्पको रुपमा आफूहरुले सोचिरहेको चेतावनी दिंदै यो सँधै खुल्ला रहेको बताएका थिए ।
अमेरिकी भनाई लगत्तै चिनियाँ समकक्षी वाङ् यीले उत्तर कोरियाली आणविक कार्यक्रमलाई ठन्डा दिमागले सोच्न सुझाव दिएका थिए ।

तर आजै मात्र भएका यि दुई समकक्षीबिचको भेटमा उत्तर कोरियालाई आणविक कार्यक्रमलाई फरकबाटोबाट हिँडाउनेगरि काम गर्न दुवै नेताले सहमती जनाएको खवरहरु बाहिर आएका छन् ।

उत्तर कोरियाले हालसम्म पाँच पटक आणविक बमको परिक्षण गरिसकेको छ भने कयौं मिसाइलहरुको परिक्षण गरिसकेको छ ।

अन्तर महाद्धिपीय व्यालेस्टिक क्षेप्यास्त्र निर्माणको सफलता नजिक
रहेको बताएको उत्तर कोरियाको पछिल्लो उच्च क्षमताको इञ्जिन बिकास उत्तर
कोरियाली सेनाको ८५ औं स्थापना दिवसका अवसरमा भएको बताइएको छ ।

यता जापानी प्रधानमन्त्री सिन्जो आवेले उत्तर कोरियाले प्राप्त गरेको भनिएको सफलता नयाँ स्तरको चुनौति भएको प्रतिक्रिया दिएका छन् ।

८०
टन क्षमता सम्मको भार बोक्न सक्ने यो नयाँ इञ्जिनको बिकासपछि उत्तर
कोरियाले यसलाई अबका दिनमा भुपउग्रहमा सञ्चार क्षमता विस्तार गर्न यसलाई
प्रयोग गर्छ वा सैन्य क्षमता देखाउन थप क्षेप्यास्त्र परिक्षणमा यो पर्खाइ र
डरको विषय बन्न पुगेको जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web