गाउँपालिकाको केन्द्र माग गर्दै बेनी–जोमसोम सडक अवरुद्ध हुँदा पर्यटक र तिर्थयात्री मर्कामा

चैत्र ६, २०७३ मा प्रकाशित | 1031 views

मुस्ताङ ।
लेतेमा थासाङ गाउँपालीकाको केन्द्र स्थापना गर्नुपर्ने माग गर्दै स्थानीयबासीन्दाले हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा अवरुद्ध पारेका छन् ।

लेतेका बासिन्दाले घाँसादेखि कोवाङको सिमा क्षेत्रसम्मको सडकमा सवारी सञ्चालनमा रोक लगाउँदा मुस्ताङ भ्रमणमा आएका पर्यटक र तिर्थयात्री समस्यामा परेका छन् । शनिबार बिहानदेखि सडक अवरुद्ध पारेर अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन् ।

जिल्लाबाट सर्वसहमतीमा लेतेलाई केन्द्र बनाउन सिफारीस गरीएपनि स्थानीय पुनसंरचना आयोगको सिफारीसमा सरकारले प्रकाशन गरेको राजपत्रमा कोवाङ केन्द्र उल्लेख भएपछी कमजोरी सच्चाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको पुर्व गाविस अध्यक्ष बुद्धीप्रसाद शेरचनले बताउनुभयो ।

लेते, कुञ्जो, कोवाङ र टुक्चे गाविसलाई थासाङ गाउँपालीकामा समावेश गरीएको छ । घाँसा, कुञ्जो, पैरोथाप्ला तथा टुकुचे सबै बस्तीलाई पायक पर्ने, पर्याप्त पुर्वाधार भएकोले लेतेमा केन्द्र बनाउनुपर्ने अध्यक्ष शेरचनको भनाई छ ।

उनिहरुले वाणिज्यमन्त्री समेत रहनुभएका सांसद रोमी गौचन थकाली, सांसद श्रीमाया थकाली, महेन्द्र शेरचन, जिल्ला समन्वय समिति, स्थानीय प्रशासन र राजनितिक दलहरुलाई मागको सुनुवाई गर्न दवाव दिएका छन् ।

जिल्ला समन्वय समितिका पदाधीकारीहरुले अहिले कायम भएको केन्द्र अस्थाई भएकाले निर्वाचनपछी जनप्रतीनिधिहरुले केन्द्र परिवर्तन गर्न सक्ने भएकाले आन्दोलन फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web