हिंसा भड्किने भन्दै शहिद गोविन्द गौतमलाई राष्ट्रिय सम्मान दिन कांग्रेसले मानेन्

फाल्गुन २८, २०७३ मा प्रकाशित | 1218 views

<p>कञ्चनपुर, २८ फागुन । कञ्चनपुरको पुनर्वासमा नेपाली भुमिको रक्षा गर्दा भारतीय सुरक्षाकर्मी (एसएसबी)को गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमलाई राष्ट्रिय सम्मान दिन नेपाली कांग्रेसले अस्वीकार गरेको छ । गौतमलाई सहिद घोषणा गरी सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरे पनि नेपाली कांग्रेस जिल्ला शाखा कञ्चनपुर अन्तर्गत पुनर्वास नगरकमिटी सभापति यम प्रसाद पौडेलले राष्ट्रिय सम्मान दिन नहुने अडान राखेका हुन् । उनले भने– ‘गौतमको राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गर्दा थप हिंसा भड्किन सक्छ । त्यस कारण स्थितीलाई सामान्य पार्न पनि त्यसो गर्नुहुदैन् ।’ गत विहिबार भारतीय ज्यादति विरुद्ध प्रतिकारमा उत्रिदा एसएसबीको गोली लागेर गौतमको निधन भएको थियो । उनको शवलाई सेती अञ्चल अस्पतालमा राखिएको छ । स्रोतका अनुसार कांग्रेसको अडान पछि स्थानीय नेताहरुले गौतमको शवलाई उतै (धनगढी) अन्त्येष्टि गर्ने तयारी गरेका छन् । राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्दा थप हिंसा भड्किने भन्दै स्थानीय नेताहरुले गौतमको शवलाई घर नल्याई कैलालीमै जलाउने तयारी गरेपछि स्थानीयहरु आक्रोशित भएका छन् । उनीहरुले राष्ट्रिय सम्मानका साथ नै अन्त्येष्टि हुनुपर्ने माँग गर्दै सीमा क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । हाल सीमा क्षेत्रमा ६ सयको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । हिजोको तुलनामा पुनर्वासको आनन्द बजारको स्थिती सामान्य बन्दै गएको छ ।</p><div><br></div>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web