निषेधाज्ञा तोड्दै भारतीय ज्यादती बिरुद्ध कञ्चनपुर सिमामा नेपालीको व्यापक प्रदर्शन (भिडियो सहित)

फाल्गुन २८, २०७३ मा प्रकाशित | 1565 views

कञ्चनपुर, २८ फागुन, कञ्चनपुर ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिका क्षेत्रमा निषेधज्ञा जारी गरेको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले स्थानीय गोविन्द गौतमको हत्या गरेको विरोधमा शनिबार पनि विरोध प्रदर्शन जारी रहेपछि निषेधज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले अर्को आदेश नहुन्जेलसम्मका लागि पुनर्वास नगरपालिका क्षेत्रमा निषेधज्ञा जारी गरेको बताए । गत बिहीबार एसएसबीले गोली हानेर पुनर्वास नगरपालिका ८ का ३० वर्षीय गोविन्द गौतमको हत्या गरेको थियो ।

नेपाल, भारत सीमा क्षेत्रमा कल्भर्ट निर्माणको विषयमा विवाद भइरहेका बेला एसएसबीले गोली चलाएको थियो । सो घटना लगत्तै कञ्चनपुरको पुनर्वास सहित देशभर भारतविरुद्ध विरोध प्रदर्शन भएको छ ।

शनिबार पनि सु्दूर पश्चिमका प्रमुख नाका गड्डाचौकी, गौरीफन्टा सहित कञ्चनपुर, कैलालीका सीमा नाका बन्द गरिएको छ । स्थानीय स्वत: स्फूर्त विरोध प्रदर्शनमा उत्रिएका छन् । भन्सार नाकामा हुने दैनिक कारोवार प्रभावित बनेको छ ।

सरकारले गौतमलाई शहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने, परिवारको एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने र बालबच्चालाई नि:शुल्क उच्च शिक्षा सम्म पढाउने निर्णय गरेको छ ।

तर, पीडित परिवार र स्थानीयले शवको पोष्टमार्टम गर्न मानेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web