भारतीयले गोली हान्दा नेपाली ढुंगाको भरमा, सुरक्षाकर्मी रमिते

फाल्गुन २७, २०७३ मा प्रकाशित | 1580 views

कञ्चनपुर ।
कञ्चनपुर पुनर्बासको नेपाल–भारत सीमाक्षेत्रमा वारि आनन्दबजार छ भने पारि बसहीबजार छ । पुनर्बास नगरपालिका क्षेत्रका बासिन्दा उपभोग्य सामान किन्न पारिको बसहीबजार जान्छन् । नुन, चिनी, कापीकलम किन्ने सर्वसाधारण मात्र होइन, खुद्रापसलेले पनि पारिबाटै सामान ल्याउँछन् । कच्ची बाटोमा हिउँदमा हिँड्न खासै गाह्रो छैन । तर, बर्खामा हिलोले दुःख हुन्छ । त्यसैले पानी जम्ने ठाउँमा कल्भर्ट बनाइदिन स्थानीयले पहिलेदेखि नै माग गर्दै आएका थिए । र, यो वर्ष नगरपालिकाले पाँच लाख रुपैयाँ छुट्याएको थियो । नयाँ पत्रिकामा खवर छ ।

उपभोक्ता समिति गठन गरेर ह्युमपाइपसहितको कल्भर्ट बनाउन स्थानीय एक महिनादेखि नै जुटेका थिए । फागुन पहिलो साता काम सुरु हुनेबित्तिकै सो क्षेत्र दशगजामा पर्ने दाबी गर्दै भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले अवरोध सिर्जना गरेको थियो । जबकि, कल्भर्ट निर्माण गरिएको क्षेत्र दशगजाभन्दा करिब आठ सय मिटर नेपालतिर पर्छ । तर, सो क्षेत्रको २०० नम्बर पिलर गायब भएको हुनाले स्पष्ट रूपले छुट्याउन मुस्किल छ । समस्या समाधान गर्न १० फागुनमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरको नेतृत्वमा गएको टोलीले भारतीय अधिकारीसँग वार्ता गरेको थियो । वार्तापछि पिच गर्न नपाउने, तर गिटी र बालुवा प्रयोग गरेर अस्थायी कल्भर्ट बनाउन दिने सहमति भएपछि निर्माण प्रक्रिया अगाडि बढेको थियो ।

फागुन अन्तिम साता बुधबारसम्म आइपुग्दा कल्भर्ट निर्माणको काम लगभग ९० प्रतिशत सकिएको थियो । ह्युमपाइपमाथि माटो राखेर माटोमाथि फुटेका इँटा राखेर भर्ने तथा दायाँबायाँ बालुवाका बोरा राख्ने काम पनि लगभग सकिएको थियो । बुधबार बेलुकासम्म पनि थप विरोधको कुनै संकेत थिएन । तर, बिहीबार बिहान ९ बजे एसएसबी र भारतीय प्रहरीका २०(२५ जनाको समूह कल्भर्ट निर्माणस्थलमा आइपुग्यो । उनीहरुले स्थानीय र प्रशासनसँग कुनै संवादसमेत नगरी कल्भर्टका लागि प्रयोग भएका बालुवाका बोरा र इट्टा फाल्न थाले ।

भारतीय सुरक्षाकर्मीले कल्भर्ट भत्काउन थालेपछि करिब ३०-३५ जना स्थानीय पनि जम्मा भए । समुहमा कलभर्टमा पुगे । स्थानीय बासिन्दा लक्ष्मण कुमालका अनुसार नेपालीहरूको भनाइ थियो, ‘यो किन भत्काउँदै हुनुहुन्छ रु यो हाम्रो भूमि हो, त्यसमाथि पनि तपाईंहरुसँगकै सहमतिमा हामीले निर्माण गरेका हौँ ।’ तर, भारतीय सुरक्षाकर्मीले ‘हाम्रो भूमिमा किन इटा र कंक्रिट बिछ्यायौ’ भन्दै उल्टै हप्काउन थाले । हतियारधारी भारतीय सुरक्षाकर्मीले धम्क्याएर नेपालीलाई आठ सय मिटरभित्रसम्म ल्याए ।

त्यसपछि अन्य गाउँलेहरु पनि जम्मा हुन थाले। विस्तारै सयौंको संख्यामा नेपाली जम्मा भएपछि भारतीय सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेर धपाउन थाले। त्योबीचमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि पुग्यो। प्रहरीले नेपालीहरुलाई संयमित बनाउने कोसिस गरिरहेको थियो। उतापट्टिका सुरक्षाकर्मीलाई पनि संयमित हुन नेपाली सुरक्षाकर्मीले अनुरोध गरिरहेका थिए। तर, तनाव रोकिएको थिएन। दोहोरो गालीबेइज्जती र ढुंगामुढा करिब दुई घन्टासम्म चलिरह्यो। ११ बजेतिर नेपालीले हानेको ढुंगाले भारतीय प्रहरीका सई अरबिन्दकुमार शुक्ला घाइते पनि भए। उनको हातमा पेस्तोल थियो, उनले तत्कालै गोली चलाउन थाले। उनले चलाएको चौथो राउन्डको गोली नेपाली नागरिक गोविन्द गौतमको पेटमा लाग्यो। उनी त्यहीँ ढले।

गौतमलाई प्रहरीको गाडीमा राखेर गाउँकै पूनर्वास पोलिक्लिनीमा लगियो। उनको अवस्था नाजुक भइसकेको थियो। थप उपचारका लागि एम्बुलेन्समा राखेर धनगढीस्थित सिपी अस्पताल पुर्या‍इयो। अस्पताल पुर्या‍एको एकै छिनमा उनको निधन भयो। पछि, भारतीय सुरक्षाकर्मीलाई साथ दिन उतापट्टिका स्थानीय पनि जम्मा भए। उनीहरुले हानेको ढुंगा लागेर नेपाल प्रहरीका सई लक्ष्मण विक र सशस्त्र प्रहरीका प्रहरी निरीक्षक राम खत्री घाइते भए। तर, नेपाली स्थानीयले दिनभर सीमाक्षेत्र छाडेनन्। उनीहरुले भारतीय सुरक्षाफौजविरुद्ध नाराबाजी गरिरहे। करिब ४ बजे भारतीय प्रहरीले आश्रुग्याँस प्रहार गर्दा बेलौरी शान्तिपुरका टिकाराम चपागाई घाइते भए। त्यस्तै, पुनर्वासका सागर थापालाई कुटपिट गरियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web