कञ्चनपुर ।
नेपाली भूमिमा कल्भर्ट निर्माण गर्न लागेका नेपालीलाई भारतीय भूमि भएको दावी गर्दै कथित भारतीय सिमा सुरक्षा बल एसएसबीले गोली हान्दा एक नेपाली नागरिकको मृत्यु भएको छ ।

एसएसबीले नेपाली नागरिकलाई ताकेर गोली हानी हत्या गरेपछि कञ्चनपुर सिमा क्षेत्र तनावग्रस्त बनेको छ ।

नेपाली नागरिकलाई गोली हान्दा समेत नेपाली सुरक्षाकर्मीले त्यसको प्रतिकार र छेक्नुको साटो उल्टै नेपाली नागरिक मारिएको बिरोधमा प्रदर्शन गर्ने नेपालीमाथि लाठी चार्ज गरेको छ ।

कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजार नजिकै निर्माण गरिएको कल्भर्टको बिबाद गर्दै आएको एसएसबीले आज गोली हानी नेपालीको हत्या गरेको हो ।

गोली लागेर घाइते भएका पुर्नवास नगरपालिका–८ का गोविन्द गौतमको उपचारका क्रममा मृत्यु भएको हो।

घाइते गौतमको धनगढीस्थित सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका चिकित्सक चन्द्रप्रकाश पाण्डेका अनुसार गौतमको ढाडमा गोली लागेको थियो। ढाडमा लागेको गोली निकाल्ने क्रममा उनको मृत्यु भएको हो ।

झडपका क्रममा भारतीय एसएसबीको बचाउको लागि आएका भारतीय प्रदर्शनकारीले हानेको ढुंगा लागेर सशस्त्र प्रहरी बल एपीएफका प्रहरी निरीक्षक रामबहादुर खत्री समेत घाइते भएका छन् ।

आनन्द बजार नजिक नेपाली पक्षले एक महिनाअघि नै नेपाली भूमिमा कल्भर्ट निर्माण गरेको थियो। तर, भारतीय सीमा सुरक्षा बल एसएसबीले कल्भर्ट निर्माण गरिएको स्थान भारतमा पर्ने भन्दै अबरोध पुर्याउँदै आएको छ ।

नेपाली नागरिकको गोली हानी हत्या भएपछि सो क्षेत्रमा वरपरका विभिन्न गाविसबाट समेत ठूलो संख्यामा नेपालीहरु बिरोध र प्रदर्शनको लागि त्यहाँ पुगेका छन् ।

नेपाली भूमिमा छिरेर नेपाली नागरिकको हत्या गर्दा समेत मौन रहेको प्रशासन र सरकारको लाचारी देखेर स्थानियवासी झनै रुष्ट बन्दै भारतीय एसएसबीको चर्को प्रतिकारमा उत्रिएका हुन् ।

भारतीय हस्तक्षेप बिरुद्ध कञ्चनपुरवासी जागे, एसएसबीको दादागिरी बिरुद्ध ढुंगा प्रहार गरि बिरोध

19.29¡ÆC