पाल्पाका महिला हस्तकलाबाट आत्म निर्भर बन्दै

फाल्गुन २६, २०७३ मा प्रकाशित | 983 views

पाल्पा ।
पाल्पाका महिलाहरु हस्तकलाबाट आत्म निर्भर बन्दै गएका छन् । हात, सिप र कलाको प्रयोग गरी बच्चाका लागि खेलौना, गुडिया, घर, कार्यालय सजावटका लागि कुसन, चुरा, ऐना, फूल लगायका सामग्रीहरु व्यवसायिक रुपमा उत्पादन गर्न थालेपछि जिल्लाका महिलाहरु आत्मनिर्भर बन्दै गएका हुन् ।

हातले बनाएका सामाग्री पाल्पा घुम्न आउने पर्ययटकको रोजाई बन्दै गएको छ । पाल्पामा मात्रै दुई दर्जन बढी महिलाहरुले हस्तकलाको पेसालाई व्यवसायिक रुपमा संचालन गरेका छन् । दोभान–२ पाल्पाकी हरिकला थापा मगरले हस्तकलाबाटै अहिले मासिक ४० देखि ५० हजारसम्म बचत हुने गरेको बताउनुभयो ।

झण्डै ४ सय बढीलाई तालिम दिनुभएका हरिकलाले आफ्ना उत्पादित सामग्रीहरु जिल्लामैै बढी खपत भएको बताउनु भयो । सुरुमा समय र लगानीको जोखिम रहेको बताउने हरिकला भन्नुहुन्छ, अहिले ग्राहकको समस्या छैन, ढुक्कले लगानी गरेका छौ“ ।

घरेलु सामानको उत्पादन र बिक्रीबाट राम्रो कमाई गर्नुभएकी तानसेन वडिज्ञान टोलकी देवी सारुले दुई चार पैसाका लागि परिवारस“ग हात थाप्नु नपर्ने बताउनुहुन्छ ।

हस्तकलाको तालिम पछि व्यवसायिक रुपमा सिपको प्रयोग हुन थालेपछि मासिक २०–२५ हजार आम्दानी गर्न सफल सारुले पहिले गफ गरेर बिताउने समय अहिले नया“ नया“ सिप र प्रबिधिको बिकासमा समय जाने बताउनुभयो ।

सरकारी कार्यालय र होटलहरुमा सजावटका लागि सामानको माग बढिरहेको महिला उद्यामीहरुको भनाइ छ ।

कला र सिपबाट कम खर्चमै आकर्षक सजावटका सामाग्रीबाट नगद आर्जन हुने भएकाले पनि हस्तकलाका सामग्री उत्पादन र बिक्रीमा महिलाको आकर्षण बढ्दो छ । महिलालाई व्यवसायिक र अत्मनिर्भर बनाउन  हस्तकला, सिलाइकटाइ, व्युटिपार्लर, ढाका, मोवाइल मर्मत लगायतका तालिमहरु संञ्चालन गर्दै आएको बताउ“दै घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख बालकृष्ण गैरेले हस्तकलाको उत्पादन र प्रयोगमा पनि बृद्धि आएको बताउनुभयो ।

आर्थिक अवस्था कम्जोर भएका महिलाहरुका लागि मेशिन लगायतका आवश्यक औजार समेत वितरण गरेको जानकारी दिदै कार्यालय प्रमुख गैरेले हस्तकलाको व्यवसायिक उत्पादन र बिक्रीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web