मोर्चा कार्यकर्ताले तोडफोड र आगजनी थालेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु

फाल्गुन २४, २०७३ मा प्रकाशित | 1048 views

काठमाडौं ।
लाठी सहित प्रदर्शनमा उत्रिएका तीन उग्र प्रदर्शनकारीको प्रहरीसँगको झडपमा परि मृत्यु भएपछि असान्त बनेको राजविराजमा र्कफ्यु लगाइएको छ ।

तराई बन्दको आह्वान गरेको मोर्चाको आन्दोलन तोडफोड र आगजनी हुँदै उग्र बन्न थालेपछि सप्तरी प्रशासनले सदरमुकाम राजविजबिराजमा कर्फ्युको घोषणा गरेको हो ।

अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र त्यस आसपासका क्षेत्रमा नारा जुलुस तथा भेला हुन नपाउनेगरि कर्फ्यु लगाएको हो ।

आक्रोशित मोर्चाका कार्यकर्ताहरुले सरकारी कार्यालय तोडफोड र आगजनी गर्नथालेपछि परिस्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web