दाङ मालपोतद्धारा बिचौलीयालाई कार्यालय प्रवेशमा रोक

फाल्गुन २३, २०७३ मा प्रकाशित | 1192 views

दाङ ।
जिल्ला मालपोत कार्यालय दाङले नागरिकहरुलाई सहजै सेवा प्रबाहका लागि विचौलीयाहरुलाई कार्यालय प्रबेशमा रोक लगाएको बताएको छ ।

सेवाग्राहीले बिचौलीयाहरुको माध्यमबाट पैसा खर्च गरेर काम गराउदै आएको भन्दै यसको अन्त्यका लागि बिचौलीयालाई कार्यालयमा प्रबेशमा रोक लगाएको बताएको छ ।

मालपोत कार्यालयका प्रमुख लालमणि ओझाले नागरिकहरुले सहजै आफ्नो काम गराउने बाताबरण तयार पार्न विचौलीलाई कार्यालय प्रबेश र मोठ छुनमै रोक लगाएको बताएका छन् ।

विचौलीया कारण कार्यालयको बदनाम हुने गरेको भन्दै प्रमुख ओझाले नागरिकहरुलाई सचेत हुन आग्रह गरेका छन  ।

ट्रान्सपरेन्सी ईन्टरनेशनलले गरेको अध्ययन अनुसार मालपोत कार्यालयमा सबैभन्दा धेरै भ्रष्टाचार हुने गरेको तथ्य बाहिर आएको छ ।

यसको जवाफ दिदै कार्यालय प्रमुख ओझाले उक्त तथ्यलाई आफुहरुलाई गम्भिर बनाएको भन्दै निति अनुसार सेवा प्रबाहमा आफुले बिषेश ध्यान दिने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

साधारण काममा पनि भनसुन र घुस खुवाउनु पर्ने बाध्यता रहेको सेवाग्राहीहरुले गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web