अभावमा पनि आर्चरीमा सफलता

फाल्गुन १७, २०७३ मा प्रकाशित | 1074 views

आर्चरी खेलबाट ओलम्पिकको यात्रा समेत गरिसकेको र अन्तराष्ट्रिय पदकहरु समेत जिती सेकेको छ तर सुदूरपश्चिममा आर्चरी (धनुबाण) खेल नौलो मानिए पनि छैटौं राष्ट्रिय खेलकुद देखि निरन्तर रुपमा अघि बढ्दै सफलता पाइरहेको छ । खेल मैदान, सामग्री ,प्रशिक्षक आदिको अभावमा पनि सुदूरपश्चिममा आर्चरी खेलको प्रगति देख्न पाइन्छ । आर्चरी खेल विकासका लागि दोधारा चाँदनीका होम बहादुर थापा मगरले छैटौं राष्ट्रिय खेलकुद देखि आज सम्म गरेको निरन्तर संघर्षले अभावै अभावमा पनि सफलता पाएका छन् । नेपाल राष्ट्रिय आर्चरी टिमका खेलाडी थापाले बाङ्गला देशको ढाकामा भर्खरै सम्पन्न भएको प्रथम अन्तराष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियन सिप– २०१७ मा पनि सहभागी जनाएका थिए । उनले राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै २ स्वर्ण पदक सहित ५ पदक पनि जित्न सफल भएका छन् । उनी खेलाडी मात्र नभएर नयाँ खेलाडी उत्पादनका लागि समेत प्रशिक्षण दिदै आएका छन् । थापाले नयाँ खेलाडीहरुलाई पटक–पटक राष्ट्रिय प्रतियोगितामा सहभागी गराएका छन् साथै ति खेलाडीहरुले समेत ४ वटा पदक समेत जितेका छन् । उनी आर्चरीका खेलाडी र प्रशिक्षक मात्र होइनन् आफ्नै घर नजिक जनज्योति माध्यमिक विद्यालयका शिक्षक पनि हुन् । राष्ट्रिय खेलाडी होम बहादुर थापा मगर संग पत्रकार पप्पु गुरुङ्गले गरेको कुराकानी :–

 सुदूरपश्चिममा आर्चरी खेलको कस्तो सम्भावना छ ?

खेल मैदान, सामग्री , प्रशिक्षक इत्यादिको अभावमा पनि ठुलो सफलता पाएका छौं ।  साथै नेपाल सरकारले यस बारेमा विचार पुर्‍याए आगामी दिनहरुमा अझै यस क्षेत्रका धेरै खेलाडीहरु अन्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागी हुने छन् ।

 तपाई गुरु बिनाकै खेलाडी हो भन्छन ?

सुरुको केहि वर्ष गुरु बिना आफै जसोतसो खेलियो र पदक पनि जितियो तर पछिल्लो चरणमा विभिन्न गुरुहरु तथा सिनियर खेलाडी साथीहरुबाट सरसल्लाह तथा प्रशिक्षण लिदै आएको छु ।

 कत्तिको सहयोग पाउनु भएको छ त ?

यो स्थान सम्म पुग्न सबै भन्दा ठुलो सहयोग नेपाल आर्चरी संघका अध्यक्ष दिपक राज गुरुङ्ग त्यसै गरी रामकाजी वान्तवा र प्रशिक्षणमा विशेष सहयोग लक्ष्मण पुन दाइले दिनु भएको छ । साथै पोखरा तथा काठमाडौंका अन्य खेलाडी साथीहरुले पनि केही सामग्री दिएर सहयोग पुर्‍याउनुको साथै स्थानीय स्तरमा कंचनपुर आर्चरी संघ, फारवेष्ट आर्चरी क्लव, दोधारा चाँदनी नगरपालिका कार्यालय र अन्य संघ संस्था तथा व्यक्तिहरुको सहयोग पाउदै आएको छु ।

 तपाईले खेलाडी र प्रशिक्षकको भूमिका कसरी सम्भाल्नु भएको छ ?

म खेलाडी नै हो, तर प्रशिक्षण पनि दिइरहेको छु । आफुले सिकेको कुरा अरुलाई सिकाउदा खुसी लाग्छ तर म आधिकारिक प्रशिक्षक होइन ।

 तपाईको अहिले सम्मकै ठुलो उपलब्धि के मान्नु हुन्छ ?

बाङ्गलादेशको ढाकामा भएको प्रथम अन्तराष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिप–२०१७ मा सहभागी हुन पाउनु र त्यहा साउदी अरबको खेलाडीलाई जित्नु नै मेरो लागि सबै भन्दा ठुलो उपलब्धि हो ।

 अबको लक्ष्य के छ ?

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद र इन्डोनेसियामा हुने एसियाली खेलकुदमा छनौट भई राम्रो प्रदर्शन गर्ने आशा राखेको छु । साथै यस क्षेत्रका अन्य खेलाडीहरुलाई पनि राम्रो प्रशिक्षण दिई त्यस स्थान सम्म पुर्‍याउने लक्ष्य लिएको छु ।

 अन्त्यमा केही भन्नु छ ?

अन्य खेलझै यस खेलमा पनि विशेष लगानी तथा पूर्वाधारको विकासमा केन्द्रीय तथा स्थानीय निकायबाट पनि थप सहयोगको आशा गरेको छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web