कावासोती ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आवधिक निर्वाचनले मात्र लोकतन्त्रलाई सुदृढ बनाउने बताउनुभएको छ ।

नेपाल जेसिजले आज नवलपरासीमा आयोजना गरेको लोम÷लोन लिडर्स कार्यक्रममा प्रमुख आयुक्त यादवले संविधानको प्रभावकारी कार्यान्वयन हुन नसक्दा विधिको शासन स्थापित हुन नसकेको बताउनुभयो ।

उहाँले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाका लागि राजनीतिक दलका भ्रातृ संस्था आवद्ध युवालाई जानकारी गराउने काम भइरहेको जानकारी दिनुभयो ।

प्रमुख आयुक्त यादवले निर्वाचन घोषणा पत्रका आधारमा हुन छाडी पैसाका आधारमा हुने प्रवृत्ति हावी भएकाले यसको अन्त्यका लागि युवाले सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचनको आधारशीला तयार गर्ने काममा तीव्रता
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आधारशीला तयार गर्ने काम तीव्रताका साथ भइरहेको जनाएको छ ।

निर्वाचन आयोगमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचन आयोगका सविच गोपीनाथ मैनालीले निर्वाचनका लागि सरकारले श्रोतको व्यवस्था समेत गरिसकेको र आयोग पनि प्रक्रियागत रुपमा धेरै अगाडि बढिसकेको बताउनुभयो ।

निर्वाचनका लागि कानूनको समस्या नरहेको र यसै हप्ता स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सरकारबाट आयोगलाई प्राप्त हुने विश्वास गरिएको उहाँले बताउनुभयो ।

सचिव मैनालीले स्थानीइ तहको निर्वाचनका लागि करिब ९० हजार मतपेटिका आवश्यक पर्ने अनुमान गरिएकोमा करिब ७० हजार मतपेटिका आयोगसँगै रहेको र नपुग करिब २० हजार मतपेटिका सम्बन्धमा छलफल भइरहेको तथा एक÷दुई दिनमै निष्कर्षमा पुगिने जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनमा करिब २१ ह्जार मतदाता केन्द्र हुने अनुमान गरिएको र सोही अनुसार मतदाता केन्द्र रहने स्थानका बारेमा अनौपचारिक रुपमा तयारी गर्न प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई भनिसकिएको सविच मैनालीले बताउनुभयो ।

16.42¡ÆC