शेर्पा समुदाय नयाँ बर्ष ग्याल्बो ल्होसार मनाउँदै

फाल्गुन १६, २०७३ मा प्रकाशित | 1620 views

काठमाडौं ।
आज नेपालका शेर्पा समुदाय २१४४ औं च्या लो ग्याल्बो ल्होसार नयाँ बर्ष मनाउँदैछन् ।

आजको ल्होसार नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले मनाउने गर्दछन् ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ ।

जसअनुसार आइतबार बाँदर वर्ष पूरा भई सोमबारदेखि चरा वर्ष लागेको छ ।

मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुने यो समुदायमा बालबच्चाहरु जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप हुने गर्छ ।

आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ ।
सरकारले शेर्पा समुदायको ल्होसारमा सबैलाई सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web