टोकियोमा नेपाली गहना र कपडाको फेन्सी हाउस सञ्चालनमा

फाल्गुन १४, २०७३ मा प्रकाशित | 6073 views

टोकियो ।
नेपाली पहिरन र गहना लगाउन चाहना भएरपनि त्यस्ता सामान पाइने ठाउँ नभएको समस्यालाई मध्यनजरगर्दै जापानको राजधानी टोकियोमा नेपाली गहना र कपडासँगै श्रृंगारको लागि फेन्सी हाउस सञ्चालनमा आएको छ ।

जापानमा रहेका नेपालीहरुले नेपाली पोशाक तथा गहनाहरु नेपालबाटै मगाउनुपर्ने तथा बच्चाहरुको पास्नी, बिहे तथा अन्य कर्मको लागि चाहिने सामान एकै ठाउँबाट उपलब्ध गराउनेगरि राजधानी टोकियोको सिनओकुवोमा राईज पर्ल एण्ड फेसन हाउस सञ्चालनमा आएको हो ।

औपचारिक रुपमा फेब्रुवरी २६ तारिखमा उद्घाटन गर्न लागिएको फेसन हाउसमा तत्कालका लागि महिलाहरुलाई लक्षित गरेर कुर्ता सलवार, श्रृंगारका सामान, नगं पालिस नेल आर्ट, बच्चाहरुको लागि पास्नीमा लगाइने विशेष पहिरन सहित नेपाली गहनाहरु राखिएको सञ्चालक रोशना श्रेष्ठले जानकारी दिनुभयो ।

उद्घाटनका अवसरमा विशेष छुटको समेत व्यवस्था गरिएको जानकारी दिंदै अर्का सञ्चालिका ज्योति श्रेष्ठले फेसन हाउसमा साडी, लेहेंगा, नेपाली टोपी, खादा, मोति तथा मुङ्गाको माला लगायत नेपालीहरुले प्रयोग गर्ने कपडा र गहना राखिएको बताउनुभयो ।

'छिट्टै अर्डर अनुसारको नेपाली कपडा सिलाउने तथा सबै खालका गहना र नेपाली पोशाक उपलब्ध गराउनेगरि काम भइरहेको' भन्दै सञ्चालिका ज्योति श्रेष्ठले जापानमा रहनुभएका नेपालीहरुलाई चाहिने हरेक खालको नेपाली कपडा र गहना जापानमै उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web