अख्तियारको टोली भन्दै लुटपाट गर्ने पूर्व नेपाली सेनासहितको गिरोह पक्राउ

फाल्गुन १२, २०७३ मा प्रकाशित | 996 views

काठमाडौं ।
आफूहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको प्रहरी भन्दै न्युरोडबाट दाजुभाइलाई अपहरण गरी रकम लुट्ने पूर्व नेपाली सेनासहित ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

अपराध महाशाखाको टोलीले ती लुटेरालाई बुधबार विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा रुकुम, रनमा माइकोटका विश्वास घर्तीमगर, धन कुमार परियार गोरखा, ताप्ले गाविसका नारायण बानियाँ, अशोक बानियाँ, शिवबहादुर बानियाँ गोरखा नगरपालिकाका सुदीप थापा मगर    रहेका छन् ।

पक्राउ परेकामध्ये शिवबहादुर बानियाँ र अशोक बानियाँ पूर्व नेपाली सेना रहेको प्रहरीले जनाएको छ ।

गत मङ्गलबार न्युरोडस्थित ग्लोबल आइएमई बैंकबाट प्रेमनारायण खराल र विधान खरालले चेक साटी नगद चार लाख २७ हजार झिकेर बाहिर निस्कने क्रममा डल्लुबाट खरालद्वयलाई ट्याक्सीमा चढाएर खुकुरी देखाई वसुन्धरा पु¥याएपछि उनी हरूको साथमा रहेको रकम र तीन थान चेक तथा पाँच थान आइफोनलगायत लुटेर लुटेराहरूले छाडिदिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web