अघि बढ्ने भयो अरुण तेस्रो, भारतले गर्‍यो ९१ अर्ब रुपैयाँ बजेट स्वीकृत

फाल्गुन १२, २०७३ मा प्रकाशित | 803 views

काठमाडौं,फागुन १२ । भारतीय सरकारी कम्पनी सतलजले ९ सय मेगावाट क्षमताको बहुचर्चिच अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्न लगानीको स्रोत जुटाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बुधवार बसेको आर्थिक समितिको बैठकले सतलजलाई उक्त आयोजना निर्माण गर्न ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराउने प्रस्ताव स्वीकृत गरेको हो। अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात गर्ने उद्देश्यले निर्माण गर्न लागिएको हो।

आयोजना निर्माण गर्न १ खर्ब १२ अर्ब रुपैयाँ र बिजुली भारत निर्यात गर्न २ सय १० किमी लामो १८ सय मेगावाट क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न ४० अर्ब लाग्नेछ। भारतीय सरकारले सतलजलाई ९१ अर्ब रुपैयाँ उपलब्ध गराउनेछ भने बाँकी लागत सतलजले बैंकबाट ऋण लिएर जुटाउने आयोजनाका अधिकारीले बताए। सतलजले बाँकी लगानी आगामी सेप्टेम्बरदेखि जुटाइसक्ने र नोभेम्बरदेखि निर्माण थाल्ने जानकारी आयोजना र बजेट दिने प्रस्ताव स्वीकृत गरेको हो।

‘सरकारले आयोजनालाई बजेट दिने प्रस्ताव स्वीकृत गरेको छ। आगामी सेप्टेम्बरसम्म सम्पूर्ण लगानी जुटाइसक्ने योजना छ,’ भारतका उर्जामन्त्री पीयुष गोयललाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईको बुधबारको समाचारमा उल्लेख छ, ‘५ वर्षमा आयोजना निर्माणले दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढ हुने गोयलको विश्वास छ। भारतीय मन्त्रिपरिषद्को आर्थिक वसमितिले सतलजलाई अरुण तेस्रो आयोजना निर्माण गर्न ९१ अर्ब रुपैया बजेट स्वीकृत गरेको भारतको प्रेस इन्फरमेसन ब्युरोले जनाएको छ। नेपालमा भारतीय कम्पनीहरूले जलविद्युत् परियोजनाहरूको लाइसेन्समात्र ओगटेर बस्छन् भनी आलोचना भइरहेको समयमा भारत सरकारले अरुण तेस्रोको निर्माण सुरु गर्न आफ्नो कम्पनीलाई बजेट दिएको हो। सतलज भारतको सरकारी कम्पनी हो।  सतलजले आयोजना निर्माण गर्न ३ वर्षअघि नै नेपालमा ‘सतलज अरुण तेस्रो विद्युत् विकास कम्पनी’  स्थापना गरिसकेको छ। कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web