जापानमा ‘लुट २’ को प्रदर्शन अघि नै ‘टु’ रेकर्ड

फाल्गुन ११, २०७३ मा प्रकाशित | 5100 views

टोकियो ।
नेपाल र जापानमा एकसाथ रिलिज गर्न लागिएको पहिलो चलचित्रको रुपमा रेकर्ड राख्न लागेको बहुप्रतिक्षित चलचित्र 'लुट २' ले अर्को नयाँ रेकर्ड पनि लेखाएको छ ।

यही फेब्रुवरी २५ तारिखमा राजधानी टोकियोमा हुन लागेको शो को सम्पूर्ण टिकट प्रदर्शनको मिति अगावै विक्रि सकिएको छ ।

जापानमा चलचित्र लुट २ को विक्रि अधिकार पाएको टोक्यो ड्रिम्स टिमले मंगबारबाट पहिलो शोको सम्पूर्ण टिकट विक्रि रोकिएको भन्दै आयोजकसँग रहेको टिकट सकिएको बताएको छ ।

विक्रिको लागि लगिएको टिकट पनि सम्पूर्ण बुकिंग भइसकेको जानकारी आएको बताउँदै आयोजकले केही स्थानबाट टिकट फिर्ता आएमा चलचित्र प्रदर्शन स्थलमै बेचिने भन्दै तत्कालका लागि टिकट बुकिगं सकिएको जानकारी दिएको छ ।

हप्तादिन अघि आयोजकले चलचित्र लुट २ को टिकट २५ तारिखको लागि आधा विक्रि भइसकेको र मार्च ५ तारिखको टिकट धमाधम विक्रि भइरहेको बताएको थियो ।
आयोजक पक्षले अहिलेकै गतिमा टिकट बुकिंग भएमा पहिलो शो को दिनसम्ममा दोस्रो शो को टिकट विक्रि सकिनसक्ने आँकलन गरेको छ ।

नेपालमा यही १३ गते बाट चलचित्र प्रदर्शन हुँदैछ भने जापानमा त्यसको भोलीपल्टै फेब्रुवरी २५ बाट प्रदर्शन हुन लागेको छ । नेपालमा प्रदर्शन भएकै दिन यहाँ प्रदर्शन गर्न खोजेका थियौं आयोजले भन्यो स्थान नपाइएकाले भोलिपल्ट प्रदर्शन गर्न लागिएको हो ।

नेपालमा चलचित्र लुट २ को टिकट काठमाडौंका अधिकाशं मल्टिफ्लेक्स हलमा बुकिंग खुलेको केही घण्टामै पहिलो दिनको अधिकाशं टिकट बुकिगं सकिएको बताइएको छ ।

नेपालमा नयाँ धारबाट बनेको लुट चलचित्रले यसअघि नयाँ रेकर्ड सहित व्यापार गरेको थियो ।

त्यसैको सिक्वल बनाईएको चलचित्र लुट २ जापानमा प्रदर्शन हुने जानकारी गराए लगत्तै टिकट बुकिंगको लागि अनुरोध आएपछि योजना भन्दा एकसाता अघिनै आयोजकले टिकट बुकिगं खुलाएको थियो ।

चलचित्र लुट २ जापानमा टोकियोमा रहेको मेगुरो कुमिन सेन्टरमा २५ फेब्रुवरी साँझ ५:३० बजेबाट पहिलो शो हुँदैछ भने दोस्रो शो मार्च ५ तारिकका दिन मेगुरो कुमिन सेन्टरमै एउटै समय प्रदर्शन हुने छ । आयोजकका अनुसार मार्च ५ तारिखको टिकट समेत आधा बढी विक्रि सकिएको छ । आयोजकले दोस्रो शो को टिकट पनि विक्रि ह्वात्तै बढेको भन्दै समयमै टिकट बुकिगं गराउन सबैलाई आग्रह गरेको छ ।

आयोजकले हलमा आएका दर्शकहरुलाई पनि संभव भएसम्म बैकल्पीक व्यवस्था मिलाएर भनेपनि देखाउने दोस्रो शो को लागि भने सकेसम्म छिटो टिकट बुकिगं गराएर टिकट सुरक्षित बनाउन र समयमै उपस्थित भइदिन सबैमा अनुरोध गरेको छ ।

चलचित्र लुट २ जापानको ओसाका, गुन्माकेन, नागोया, फुकुओका, तोचिगी, सिजुओका लगायत स्थानमा समेत प्रदर्शनको तयारी भइरहेको र केही स्थानमा टिकट विक्रि अन्तिम चरणमा पुगिसकेको जानकारी प्राप्त भएको छ ।
चलचित्र लुट २ को जापान प्रदर्शनको टपनेपालन्युजडटकम मिडिया पार्टनरको रुपमा रहेको छ ।

जापानभर लुट २ प्रदर्शन हुने, पहिलो शो फेब्रुवरी २५ टोकियोमा भिडियो हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web