अब एनसेलबाट फेसबुक चलाउन निःशुल्क

फाल्गुन ३, २०७३ मा प्रकाशित | 1411 views

<p>काठमाडौं,फागुन ३ । निजी क्षेत्रको टेलिकम सेवाप्रदायक कम्पनी एनसेलले फेसबुक चलाउन निःशुल्क गरेको छ। इन्टरनेट फर अल नाराका साथ एनसेलले फेसबुकसँगको साझेदारीमा तीन महिनाका लागि यस्तो योजना ल्याएको हो । एनसेलका सिम भएका ग्राहकले राति १२ बजेपछि निःशुल्क फेसबुक सेवा लिन सक्नेछन् । एनसेलका अनुसार फेसबुक फ्रि योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा शुल्क स्ट्याटस पोस्ट गर्न, फोटोहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन । च्याट गर्दा भने तोकिएको शुल्क लाग्नेछ ।<br></p><p>एनसेलको यो अफर लागू भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वतः देखिने छ । यो बटन क्लिक गर्ने बितिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज प्रयोग गर्न सक्नेछन् ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web