काठमाडौं ।
नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको करबल, उनको क्षेत्रको भएकै आधार र भावी निर्वाचनमा काँग्रेसलाई सहयोग गर्ने आश्वासन पाएपछि गृहमन्त्री बिमलेन्द्र निधिले प्रस्ताव गरेका विवादास्पद नेपाल प्रहरीका डिआइजि जय बहाजुर चन्द नेपाल प्रहरीको प्रमुखमा नियुक्त भएका छन् ।

नेपाल प्रहरीको २५ औं प्रहरी प्रमुखमा आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठताक्रम मिच्दै चन्दलाई नियुक्त गरेको हो।

सरकारका प्रवक्ता एवम् संचारमन्त्री राम कार्कीले प्रहरी प्रमुखमा डिआइजी चन्द र सशस्त्र प्रहरी बलको प्रमुखमा एआइजी सिहंबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको बताए ।

वरिष्ठताक्रम तथा योग्यताको आधारमा समेत चन्द नवराज सिलवाल र प्रकाश अर्यालपछि तेस्रो नम्बरमा रहेका चन्द शेरबहादुर देउवाका विश्वासपात्र रहेको बताइएको छ ।

लागुऔषध ब्युरो प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेका चन्दले नियुक्ती पछि १४ महिना नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

चन्द विसं २०४४ सालमा प्रहरी निरीक्षक 'इन्स्पेक्टर' पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

यसैगरि आजकै मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी बलको प्रमुखमा एआइजी सिहंबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्रीले जानकारी दिएका छन् ।

17.31¡ÆC