जयबहादुर चन्दलाई आईजिपी बनाउने निर्णय रोक्न सर्वोच्चको अन्तरकालिन आदेश

फाल्गुन १, २०७३ मा प्रकाशित | 1701 views

काठमाडौं ।
सर्वोच्च अदालतले काँग्रेस सभापती शेरबहादुर देउवाको निगाहमा वरियता मिचेर नेपाल प्रहरीको आइजिपी नियुक्त गरिएका जयबहादुर चन्दलाई सो पदमा नियुक्तीको निर्णय तत्काल रोक्न सरकारलाई आदेश दिएको छ ।

सर्वोच्चले नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको हो ।

सरकारले आइतबार विहान मात्र नेपाल प्रहरीको वरियताक्रममा तेस्रो नम्वरमा रहेका डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

तर, त्यसको केही घन्टा लगतै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको छ ।

साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र १३ जना डीआईजीको कार्यसम्पादन फाइल झिकाउन समेत आदेश दिएको छ ।

शुक्रबार अधिवक्ता कपिलदेव ढकालले चन्दलाई महानिरीक्षक नबनाउन सरकारलाई अादेश दिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटको सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको हो ।

सर्वोच्चले रिट निवेदक र सरकारलाई छलफलका लागि बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web