राधाकृष्ण मैनालीको दाबीः गणतन्त्रका लागि माधव नेपाल र भारतको साँठगाँठ थियो

फाल्गुन १, २०७३ मा प्रकाशित | 1070 views

काठमाडौं,फागुन १ । पूर्वप्रधानमन्त्री तथा एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल भारतीय सेनाको प्रत्यक्ष संलग्नतामा २०४६ सालमा नै राजतन्त्र उन्मूलनका पक्षमा उभिएको दाबी पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य राधाकृष्ण मैनालीले गरेका छन् । राजधानीमा शनिबार लोकार्पण गरिएको मैनालीको पुस्तक ‘नलेखिएको इतिहास’ मा माधव नेपालको प्रयासलाई तत्कालीन माले महासचिव मदन भण्डारीले ठाडै अस्वीकार गर्दै कुनै पनि हालतमा विदेशी संलग्नतामा गणतन्त्र ल्याउन नहुने अडान लिएपछि विश्राम पाएको उल्लेख छ ।

२०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेका बेला भारतले मुलुकमा राजतन्त्र समाप्तिका लागि सेना पठाउन प्रस्ताव राखेको नेता नेपालले तत्कालीन मालेको केन्द्रीय समितिको बैठकसमक्ष राखेको मैनालीको दाबी छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ । जनआन्दोलन निरन्तर चलिरहेका बखत पाटनको च्यासलमा मालेको केन्द्रीय समितिको बैठक बसेको थियो । त्यसबेला बैठकमा महासचिवले एजेन्डा राखेपछि केन्द्रीय सदस्यले थप एजेन्डाबारे आआफ्नो धारणा राख्ने चलन थियो । महासचिव मदन भण्डारीले एजेन्डा पेस गरेपछि माधवले सुरुमा नै प्रस्ताव राखे, ‘आन्दोलनलाई उचाइमा पुर्‍याउन छिमेकी भारतले यथेष्ट सहयोग गर्ने भनेको छ ।’

‘के सहयोग ? ‘, मदनले सोधे । ‘हतियारको सहयोग’, सगर्व माधवले भने । ‘हतियार चलाउन तालिम लिनुपर्‍यो । हामीसँग अनुभवी कार्यकर्ता छन् ? मदनले फेरि सोधे । ‘हतियार चलाउने मानिस पनि आउँछन्’, माधवले फरर्र उत्तर दिए ।

‘आन्दोलनलाई गणतन्त्रमा पुर्‍याउन स्वीकार्नुपर्ने व्याख्यासमेत सुनाए माधवले’, मैनालीले आफ्नो पुस्तकको १२३ पृष्ठमा ‘राजतन्त्र हटाउने माधवको प्रस्ताव’ शीर्षकमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web