सर्वेन्द्र खनालको सरुवापछि गुमनामजस्तै रहेका काठमाडौंका गुण्डाहरु सक्रिय

<p>काठमाडौं,फागुन १ । प्रहरी नेतृत्व फेरिएसँगै (सर्वेन्द्र खनालको सरुवापछि) काठमाडौंका गुण्डा सलबलाउन थालेका छन्। प्रहरी मुठभेडमा दुई गुण्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुण्डाहरु सक्रिय भएका हुन्। गुण्डा नाइके दिनेश अधिकारी 'चरी' र कुमार श्रेष्ठ 'घैँटे' मारिएपछि डरले भागेका गुण्डा नाइके हाल आएर आपसमै भिड्न थालेका छन्। काठमाडौंमा सुरक्षित र संवेदनशील मानिएको दरबारमार्गमा शुक्रबार काभ्रेली समूह र राम गिरी समूहबीच भिडन्त भएको छ।<br></p><p>गिरीसँग रिसइबी फेर्न मौका पर्खिएर बसेका दावा भनिने जितेन्द्र लामा नेतृत्वको समूहले आक्रमण गरेको हो। &nbsp;कुनैबेला ठमेलमा आधार क्षेत्र बनाएर रात्रिकालीन व्यवसायको ठूलो भाग ओगटेको काभ्रेली समूहलाई गिरीले पछ्याउँदै गएका थिए। प्रहरी प्रशासनसँग नजिकको सम्बन्ध बनाएका गिरीको रात्रिकालीन व्यवसायमा केही प्रहरी अधिकारीको लगानी रहेको चर्चा हुने गरेको छ। गिरी र लामा दुवै नेपाली काँग्रेस निकट मानिन्छन्। आजको नागरिक दैनिकमा समाचार छ ।&nbsp;<br></p>

प्रतिक्रिया

TOP