काठमाडौं ।
काठमाडौं महानगरपालिकाको भगिनी सम्वन्ध स्थापना भएका शहरहरुमा नेपाली वस्तुहरुको विक्री प्रवद्र्धन गर्ने उद्धेश्यले विक्री प्रवद्र्धन कक्ष संचालनमा ल्याइने भएको छ ।

महानगरपालिकाको भगिनी सम्वन्ध स्थापना भएका अमेरिका, जापान, चीन, भारत, म्यान्मार, कोरिया लगाएत मुलुकका १६ वटा शहरहरुमा नेपाली वस्तुहरुको छुट्टै प्रदर्शनी तथा विक्री कक्ष संचालन गर्ने बिषयमा आइतबार उद्योग मन्त्रालय र काठमाडौं महानगरपालिका बीच सहमति भएको हो ।

त्यस अवसरमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले राष्ट्रिय स्वार्थमा एक अर्का संस्थाहरुको सहयोगलाई समन्वयात्मक रुपमा अगाडि बढाउने उद्धेश्यका साथ उद्योग मन्त्रालयले यस प्रकारको कार्यलाई अगाडी बढाएको बताउनु भयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्र सिं तामाङ्गले अहिले काठमाडौं महानगरपालिकाको विश्वका १६ वटा शहरहरुसंग भगिनी सम्वन्ध कायम रहेको र निकट भविश्यमानै थप २० वटा शहरहरुसँग भगिनी सम्वन्ध कायम हुने र विक्री कक्ष सञ्चालनले नेपालको उद्यमशीलता विकासमा सघाउ पुग्ने बताउनु भयो ।

22.73¡ÆC