देशद्रोही सीके राउतलाई १० दिन थुन्न अनुमति

माघ २१, २०७३ मा प्रकाशित | 1135 views

काठमाडौं ।
तराईका जिल्लामा देश टुक्राउने अभिव्यक्ति दिंदै हिँड्दै आएका देशद्रोही सिके राउतलाई १० दिन थुनेर अनुसन्धान गर्न जिल्ला अदालत सिराहाले प्रहरीलाई अनुमति दिएको छ ।

बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई आज अदालतमा उपस्थित गराइएको थियो ।

राज्य विरुद्धको संगठित अपराधमा मुद्धा चलाउने तयारीमा रहेको प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद पाएको हो ।

भारतीय इशारामा पश्चिमा देशको समेत सहयोग पाएर तराईका जिल्लामा देशद्रोही भावना फैलाउँदै हिँडेका राउतमाथि देशद्रोहको मुद्दामा आजिवन कारावास सजायको जनस्तरबाट व्यापक माग हुँदै आएपनि माओवादीका कतिपय नेता र तराई केन्द्रित दलहरुले खुलेरै बचाउ गर्दै आएका छन् ।

देश टुक्राउने अभिव्यक्ति दिंदै हिँड्दा अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्दै नयाँ शक्ति पार्टीका संयोजक रहेका बाबुराम भट्टराईले उनको बचाउ गरेका थिए भने प्रहरीले पक्राउ गर्दा उनलाई भेट्न हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रहरी खोरमा समेत पुगेका थिए ।

तराई केन्द्रित रहेका भारत परस्त अधिकाशं दल र तिनका नेताले सिके राउतको बचाउ गर्दै आएका छन् भने काँग्रेस भित्रका समेत शिर्ष नेताहरु उनको बचाउ तथा रिहाइको पक्षमा रहँदै आएका छन् । पछिल्लो समय भने नेकपा एमालेको नेतृत्व सिके राउतमाथि खनिंदै आएको छ ।

तत्कालिन समयमा पहिलो पटक पक्राउ पर्दा सिके राउत माथि कडा कारवाही र जेल सजायको मागमा नेकपा एमाले समेत मौन देखिएको थियो ।

कतिपय राजनीतिक विश्लेषकहरुले भने सिके राउतलाई केही समयका लागि पक्रेर विमानस्थलमा भारतीय सेनालाई एयर मार्शलका नाममा पुष्पकमल दाहाल सरकारले आउन दिने अनुमतिको बिरोध भइरहँदा यसलाई मोड्न पक्राउ गरिएको बताएका छन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले देशमाथिनै गम्भिर खतरा उत्पन्न हुनसक्ने खालको निर्णय मन्त्रिपरिषदबाट निर्णय गर्दै भारतीय बिमानमा हतियार सहितका भारतीय सेना नेपालको बिमानस्थलमा आउन पाउने अनुमति दिएको छ । जसको सत्ताधारी दलका केही नेता र विभिन्न पार्टी सहित जनस्तरमा व्यापक बिरोध भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web