जापानमा शरणार्थी आवेदन दिनेमा अधिकाशं विद्यार्थी, अब ६ महिनामै शरणार्थीको छिनोफानो

माघ २१, २०७३ मा प्रकाशित | 1815 views

टोकियो ।
जापानमा अध्ययनको लागि आउने विदेशीले शरणार्थी बन्न आवेदन बढी दिने गरेको तथ्य सार्वजनिक भएको छ ।

जापान सरकारले २०१५ मा ७ हजार ५ सय ८६ जनाले शरणार्थी बन्न पाउँ भनेर दिएको निवेदन मध्ये नेपाली मात्रै १ हजार ८६ जना रहेको खुलासा गरेको छ । यसै बर्ष ईण्डोनेसियाका ९६९ जना टर्कीका ९२६ जना म्यानमारका ८०८ जना र भियतनामका ५७४ जनाले आवेदन दिएका थिए ।

जापानी संचारमाध्यमहरुले जापानी अधिकारीहरुलाई उदृत गर्दै उल्लेख गरे अनुसार सन् २०१६मा करिव १० हजार वढीको आवेदन दिएका थिए । यो अहिलेसम्मकै बढी आवेदन हो ।

अब शरणार्थी बन्न खोज्नेको छिनोफानो ६ महिनामै
शरणार्थी बन्न आवेदन दिनेको संख्या उच्च भएसँगै अध्ययागमन विभागले आगामी साताबाट नयाँ आवेदकको आवेदन ६ महिनाभित्रै टुंगो लगाउनेगरि काम थालेको जनाएको छ ।

नयाँ सफटवेरको माध्यमबाट आवेदन हेरेर विभिन्न समुहमा छुटयाउने र पुन आवेदन दिएकाको हकमा समेत कडाई गरेर ६ महिनाभित्र यस्ता आवेदनबारे निर्णय गर्ने भएको छ ।

अध्ययनका लागि आएकाहरुसँगै प्रशिक्षार्थी कामदारको भिषामा रहेकाहरुसमेत भागेर शरणार्थी आवेदन दिने क्रम बढेको छ ।

शरणार्थी बन्न आवेदन दिएकाले आफ्नो देशमा अशुरक्षा वा अन्य कारण भन्दापनि जापानमा राम्रो कमाई हुने भएकै कारण बस्न चाहेको पाइएको बताइन्छ ।

सन् २०१० मा १२ सय २ जनाले शरणार्थी आवेदन दिएकोमा २०१५ मा ७ हजार ५ सय ८६ हुँदै  ०१६ मा १० हजार नाघेपछि जापानले शरणार्थी आवेदन दिने प्रक्रियामै कडाइ गर्न थालेको छ ।

आवेदन बढेपछि जापानले शरणार्थीको मान्यता दिएर २०१० यता जम्मा ३९ जनालाई स्विकृत दिएको बताइएको छ ।

पछिल्लो समय जापानले आप्रवासी र शरणार्थीहरुलाई जापान प्रवेशमा कडाइ र रोक लगाउने नयाँ नियमहरु बनाएसँगै जापानले पनि यसमा कदम चाल्ने ठानिएको छ ।

जापानले अध्ययन, भ्रमण, प्रशिक्षार्थी कामदार लगायतका प्रक्रियाबाट जापान आउनेहरुको लागि नयाँ नियम र शर्त सहित स्विकृत दिने अनुमान भइरहँदा शरणार्थी आवेदनमा कडाइ र दिएकालाई छिटो निर्णय गरि उनिहरुकै देश फिर्तीमा कानुनी बाटो अपनाउने जापानी धारणा सार्वजनिक भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web