होला त लोडसेडिङ अन्त्य ? भारतबाट थपिँदै ४० मेगावाट

पुस १६, २०७३ मा प्रकाशित | 980 views

काठमाडौं,पुस १६ । सरकारले लोडसेडिङ अन्त्य गर्ने अभियानलाई थप सहयोग गर्न आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् भित्राउने भएको छ । गत साता नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीचमा भएको पूरक विद्युत् व्यापार सम्झौता अनुसार  थप ८० मेघावाट मेगावाट विद्युत् ल्याउने सम्झौता भएको थियो ।

नेपालले भारतबाट हाल आयात भइरहेको ८० मेगावाटका अतिरिक्त ४० मेगावाट समेत गरी १२० मेगावाट विद्युत् ढल्केबर– मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट आयात गर्ने भएको हो ।

सम्झौताअनुसार पहिलो चरणमा मा पुस १७ गते देखि ४० मेगावाट र आवश्यक परे माघ १८ देखि जेठ १८ गतेसम्म अर्को ४० गरी कुल ८० मेगावाट विद्युत् आयात हुनेछ । नेपालले थप विद्युत् पनि हालकै मूल्य अर्थात् ५ रुपैयाँ ७५ पैसामै प्राप्त गर्ने भएको छ  । यो  विद्युत् आयातपछि नेपालले भारतबाट आयात गर्ने विद्युत्को परिमाण करिब तीन सय ८० मेगावाट पुग्नेछ ।

नेपाल विद्युत् प्राधिकरणले यो हिउँदमा १ हजार ४ सय ७५ मेगावाट विद्युत् माग हुने प्रक्षेपण गरेको छ । हाल प्रतिदिन पिक आवर विद्युत् माग १ हजार २ सय ६० देखि १ हजार ३ सय २० मेगावाटको बीचमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web