भारोत्तोलक कमलबहादुर र राजलक्ष्मी कतार प्रस्थान

मंसिर २८, २०७३ मा प्रकाशित | 960 views

काठमाडौं मंसिर २८ ।  अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सहभागी हुन भारोत्तोलक दम्पति कमलबहादुर अधिकारी र राजलक्ष्मी थापा मंगलबार कतारको दोहा प्रस्थान गरेका छन् । कमलले एसिया कपको पुरुष ८५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

कमलले ८५ केजीमा प्रतिस्पर्धा गर्न लागेको पहिलो पटक हो । यसअघि उनले १० औं दक्षिण एसियाली खेलकुद (साग) मा ६९ केजीमा प्रतिस्पर्धा गर्दै स्वर्ण जितेका थिए । नेपाली भारोत्तोलन खेलाडीले सागमा स्वर्ण जितेको त्यो अहिलेसम्मकै पहिलो हो ।

त्यस्तै राजलक्ष्मीले कतार कपमा महिला ६३ केजीमा सहभागिता जनाउने छिन् । दुवै प्रतियोगिता एउटै समय डिसेम्बर १४ देखि १७ तारिखसम्म हुनेछ । टोलीलाई नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टण्डनले एक कार्यक्रमबीच बिदाइ गरे । भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्त पनि प्रतियोगिता सञ्चालन गर्न मंगलबारै दोहा प्रस्थान गरेका छन् । गुप्त एसियाली प्राविधिक कमिटीका सचिव हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web