गाउँमा एक पाकेट तेलको २८०, खाद्य भन्दा मदिरा बढी

कार्तिक १२, २०७३ मा प्रकाशित | 1409 views

१२ कार्तिक, बझाङ्ग ।
जिल्लाकै बिकट गाबिस काडामा तिहारको लागी खाने तेल लिन ६ दिन पैदल आउनु परेको काडा ७ धुलीका रामजित बोहराको बाध्यता हो । मुखमा गाउँमा दैनिक उपभोग्य सामान ढुवानी गर्नुको साँट्टो यहाँका ग्रामीण भेगका ब्यापारीले मदिरा ढुवानी गर्ने थालेको छन ।

खाद्यनले भरिभरा हुने  पसलमा अहिले मदिराले भरिभराऊ थालेका हुन एक पाकेट खाने तेलको २८० रुपैया गाउमा  पर्ने भएको छ । तिहारको बेला गाउमा मदिरा मात्रै छ।

तेल नपाउने भएको हुदाँ तेल लीन आउने समय ३ दिन  गरी जम्मा ६ दिनमा २ ,४ पाकेट तेल लिएर जाने हो  धेरै टाढाबाट सदरमुखकाम चैनपुरमा आउदा  सामानको भन्दा बढी आफ्नो आबत जावतमा खर्च भएको रामजित वोहरा बताउन्छन् ।

गाउँमा दैनिक उपभोग्य सामान बाट ब्यापारीलाई कम नाफा हुने र मदिरा बाट बढि नाफा हुने भएकाले जिल्लाका बिकट गाबिस काडा,मेलबिसौना,  तलकोट ,सुर्मा दौािचौर छान्ना क्षेत्र ,बुगल क्षेत्र लगाएतका ग्रामीण भेगका ब्यापारीले तिहारको समयमा   खाद्यनको साँट्टो  मदिराले पसल भरिभराउ गरेका हुन ।गाउँमा तेल नपाउने भए पछि एक पोट तेलको लिन ६ दिन पैदल हिडनु परेको हो ।

टिकाको दिनमा भाईलाई टिका लगाउने   समयमा मिठो खाने कुरा र तेलहन परिकार पकाएर दिन  एक पाकेट तेल गाउँमा खोजे कतै नभेटाए पछि एक पाकेट तेलकै लागी ६ दिन पैदल हिडेर सदरमुकाम चैनपुर आई पुगेको काडा गाबिस ७ धुली गाउँकी सुनकला बोहराले बताइन् ।

उनले भने गाउँका सबै पसलमा मदिराले भरि भराउन छन तेल चिनि साबुन लगाएतका अन्य दैनिक उपभोग्यका समान कतै पाईदैन । काडा देखि ३ दिन हिडेर छिमेकी गाबिस मेलबिसौनाको तलकोट खौलाका पसलमा खोजेको तेल र अन्य  सामान खोज्दै एक बित्या कतै नभेट पछि चैनपुर  पुगे ।

गाउँकै एक साहुको पसलमा गएको तिहारमा श्रीमानले भएको आधा सम्पति रक्सि खादै तास खेलेर बिक्रि गरेर सके यो बर्ष पनि गाउँमा भएका सबै पसलमा  रक्सिले भरिभराउ छन श्रीमानलाई रक्सि नखा भन्दा मान्दैन साहुले नगद नहुनेलाई पनि जग्गा लिने भन्दै उदारो रक्सि दिने गरे छन तिहारमा जडियाले दिदि बहिनी र भाई  बसेर रमाईलो गर्नुको साँट्टो होहल्ला गर्ने नरमाईलो गर्ने गरेको काडा गाबिस की बेथु देबि बोहराले बताए ।

उनले भने  गाउँमा नत प्रहरी जान्छ नत निति नियम नै छ सबै अधिकार जडिायाको हुन्छ महिलाको कुरा कसैले सुन्दैन सबैले महिला र बालबालिकालाई नै दुख दिने गरेका छन गाउँमा घरलेु देखि पक्कि रक्सि पाईन्छ   लाईसेन्स कसैका छैन घरमा एक केजि चामल र तेल ल्याउदैन श्रीमान मदिरा भने उठनै नसकने गरि पिउने गरेका हुन्छन ।

कहिले नगद कहिले उदारो गरेर गाउँमा पसल राख्ने गरेका छु फाईदाकालागी ब्यापार गरिन्छ दशै र तिहारमा सबैले पैसाको जोहो गरेको हुन्छन यसै मौकामा बर्ष भरिको घाटा असुल गर्ने मदिरा राख्नु परेका  सो क्षेत्रका स्थानीय ब्यापारीले बताए ।

उनले भने  मदिरा संगै अन्य समान पनि राखेका छौ समान ढुवानी गर्ने आबशयकता अनुसार खच्चर भरियाको प्रयोग गर्ने गरिन्छ । सबै सामान महन्गो हुनुको कारण ढुवानी महन्गो भएर हो चैनपुर देखि एक केजी सामानको ढुवानी १८० रुपैया हामी ब्यापारीले तिर्नु परेको काडाका ब्यापारी राजेन्द्र धामीले बताए ।

उनले भने सदरमुखकाम चैनपुर देखि एक हप्ता पुरै पैदल हिडेर काडाँ गाउमा पुगिन्छ ,नत सामान ढुवानी गर्न राम्रो गोरेटो बाटो छ नत यातायाका साधनहरुको पहुच,जनतालाई चाहे अनुसारको दैनिक उपभोग्य सामान पनि पाउन मुस्किल हुन्छ । मानिसमा ढुवानी गर्ने हुदा सो क्षेत्रमा  सामानको मुल्य बढेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web