प्रहरी तालिम केन्द्रमा बिद्रोहीको आक्रमण, ५९ जनाको मृत्यु

कार्तिक ९, २०७३ मा प्रकाशित | 1060 views

एजेन्सी,कात्तिक ९ । पाकिस्तानको बलूचिस्तान प्रान्तको क्वेटा शहरस्थित पुलिस तालिम केन्द्रमा चरमपन्थीहरुले गरेको हमलामा कम्तीमा पनि ५९ जवानको मृत्यु भएको छ । हातहतियारसहित आएका आक्रमणकारी प्रहरी तालिम केन्द्र प्रवेश गरि गरेको आक्रमणमा परी ११६ जना घाइते भएको बलुचिस्तानका गृहमन्त्री सरफराज बुगटीले बताए। हमलाको शिलशिला सिद्धिएपनि रातको अँध्यारोमा मर्नेको संख्याको सही जानकारी दिन सम्भव नभएको बीबीसीले जनाएको छ ।

आक्रमणमा संलग्न तीन बिद्रोही पनि मारिएका छन्। चार घण्टासम्म बिद्रोही र सुरक्षाकर्मीबिच भिडन्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। आक्रमणकारी मध्ये दुई जनाले आफैलाई विस्फोट गराएको र एक जनाको सुरक्षाकर्मीको गोली लागेर ज्यान गएको हो।

आक्रमणकारी लश्कर–ए–झांगबीका रहेको र उनीहरु अफगानिस्तानबाट आएको सरकारी अधिकारीले बताएका छन् । तालिम केन्द्रमा झण्डै दुई सय ५० जना जवान तथा कर्मचारी थिए। शहरभन्दा १५ किलोमिटर टाढा रहेको उक्त पुलिस तालिम केन्द्रको होस्टेल २ सय देखि २ सय ५० एकडमा फैलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web