हेमन्त र कीर्तन अस्ट्रेलियन क्रिकेट क्लवमा छानिए

कार्तिक ७, २०७३ मा प्रकाशित | 841 views

७ कार्तिक, काठमाडौं ।
नेपाली फुटवल लगातार ओरालो लागि रहँदा अर्को लोकप्रिय खेल क्रिकेटले भने सफलता सँगै खेलाडीहरुले पनि अन्तराष्ट्रिय अवसरहरु पाउन थालेका छन् ।

युव क्रिकेटर सन्दिप लामिछानेले अष्टेलियन पूर्व कप्तान माइकल क्लार्कको क्लवबाट खेलिरहँदा अर्का दुई नेपाली क्रिकेट खेलाडीले पनि अस्ट्रेलियाली क्लवसँग आवद्ध हुने मौका पाएका छन् ।

अस्ट्रेलियाको प्रतिष्ठित क्रिकेट क्लब सिड्नी थण्डर क्रिकेट क्लवको अलस्टार टिममा नेपाली युवाहरु हेमन्त आचार्य र कीर्तन ताम्राकार छनौट हुन सफल भएका छन् ।

सिड्नी थण्डर अस्ट्रेलियाको ए डिभिजनको टिम हो । प्रत्येक वर्ष विदेशबाट आएका क्रिकेटरहरुलाई अवसर दिदै आएको क्लवमा यसवर्षको छनौटमा आचार्य र ताम्राकार छनौट हुन सफल भएका हुन् ।

गत साता आयोजित नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश, फिजि र अफगानिस्तानका खेलाडीहरु सम्मिलित १६ जनाको टिममा उनिहरु पनि छनौट हुन सफल भएका हुन् ।

छनौट भएका खेलाडीहरुले नेपाली क्रिकेटमा मेहनत गरे बिदेशमा पनि अवसर रहेको भन्दै यसले नेपाली क्रिकेट खेलाडीहरुमा हौसला थप्ने र आफुहरुको आत्मविश्वास र खेलप्रतिको लगाव झनै बढाएको बताएका छन् ।

हाल छनौट भएका खेलाडी ए डिभिजनमा आवद्ध भएपनि छानिएका खेलाडीले त्यहाँको बि डिभिजनका क्लवसँग खेल खेलेपछि उत्कृष्ठका आधारमा उक्त क्लवको ए डिभिजनबाट खेल्न पाउनेछन् ।

आचार्य नेपालमा भैरहवाबाट क्षेत्रियस्तरका खेलहरुमा खेल्दै आएका थिए भने ताम्राकार ललितपुर जिल्लाको जिल्लास्तरिय खेलहरुमा सहभागी हुँदै आएका खेलाडी हुन् ।
उनिहरुले बि डिभिजन लिगसँगको खेलमा राम्रो खेले क्लवले ए डिभिजनको खेलाडीमा समावेश गर्नेछ । जसबापत उनिहरुले राम्रो आम्दानीपनि गर्न सक्नेछन् ।

अहिले छनौट भएका दुवै खेलाडीको अस्ट्रेलिया बसाई र खेलको खर्च क्लवले व्यहोर्ने छ भने उनिहरुले त्यसबापत पारिश्रमिक समेत पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web