भारत-ईयुको कदममा मौन बसेको भन्दै देउवालाई केन्द्रीय सदस्यहरुको पत्र

बैशाख २०, २०७३ मा प्रकाशित | 670 views

काठमाडौं,चैत २३ ।  नेपालको संविधानविरुद्ध आपत्तिजनक वक्तव्य निकाल्ने छिमेकी राष्ट्र भारत र युरोपियन युनियनको कदममा मौन बसेको भन्दै कांग्रेसका चार नेताले गंभिर आपत्ति जनाएका छन् । उनीहरुले ईयु-भारतको कदमविरुद्ध उभिन सभापति शेरबहादुर देउवालाई औपचारिक पत्रसमेत गरेका आजको राजधानी दैनिकमा समाचार छ ।

संसदीय दलको विधान अनुमोदन गर्न सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकअघि कांग्रेसका चार केन्द्रीय सदस्यले नेपालको सार्वभौमिकतामाथि ठाडै हस्तक्षेप गर्दासमेत नेतृत्व नबोेलेको भन्दै औपचारिक प्रस्ताव दर्ता गराएका हुन् । सभापति शेरबहादुर देउवालगायतका पदाधिकारी विज्ञप्तिको विपक्षमा उभिन नयार नभएपछि केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठकमै लिखित प्रस्ताव दर्ता गरी दबाब दिएको एक नेताले बताए ।

यसरी प्रस्ताव दर्ता गराउनेमा केन्द्रीय सदस्यहरु धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार र गुरुराज घिमिरे छन् । प्रतावमा भारत र ईयुले नेपालको संविधानप्रति असन्तुष्टि जनाउँर्दै निकालेको संयुक्त विज्ञप्ति र त्यसबारे नेतृत्वको मौनताप्रति गम्भीर आपत्ति जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web