एमाले विभाग गठनमा चर्किएको विवाद मिलाउन तीन नेताको मध्यमार्गी प्रस्ताव

बैशाख २०, २०७३ मा प्रकाशित | 720 views

काठमाडौं,चैत २१ । एमालेमा विभाग गठनका विषयमा चर्किएको विवाद मिलाउन नेताहरूले मध्यमार्गी विकल्पमा छलफल गरेका छन्। अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालबीच संगठन विभाग गठनमै चर्काचर्की परेपछि नेताहरूले विवाद मिलाउन विकल्पमा छलफल गरेका हुन्। 
 
यस्तो छ विकल्प
 
तीन नेताले संगठन विभागमा प्रस्तावित २१ जनाको नाममा स्थायी समितिका किरण गुरुङ, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र सुवास नेम्वाङको नाम थपेर सहमति खोज्ने विकल्पमा छलफल गरेका छन्। त्यसअनुसार प्रस्तावित २१ जनाको नामबाट कनिष्ट सातजनाको नाम हटाई स्थायी समितिमा सात सदस्य थप्ने प्रारम्भिक समझदारी बनेको छ। एमालेका ३२ विभागमध्ये प्रत्येकमा २५ जना छानिन्छन्। सबैभन्दा महत्त्वपूर्ण मानिएकाले संगठन विभाग गठनमै संस्थापन र नेपाल समूहबीच स्थायी समितिमा विवाद चर्किएको थियो।
 
यी थिए प्रस्तावित २१ नाम 
 
संगठन विभागका लागि भानुभक्त ढकाल, ज्ञानबहादुर भुजेल, श्रीमाया थकाली, कल्याणी खड्का, पशुपति चौलागाईं, रामप्रीत पासवान, दलबहादुर राना, बिन्दा पाण्डे, बेदुराम भुसाल, जगत विश्वकर्मा, योगनारायण यादव, गोरखबहादुर बोगटी, केदार न्यौपाने, यमलाल कँडेल, बैजनाथ चौधरी, शत्रुघन महत्तो, जीवन घिमिरे, महेश्वर पाठक, गरिमा शाह र तिलक महतको नाम महासचिव ईश्वर पोखरेलले प्रस्ताव गरेका थिए । प्रस्तावितमध्ये १२ जना संस्थापन र नौजना नेपालपक्षीय नेताहरू छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web