एक करोड बढीको ट्राउट फर्म बाढीले बगायो

भदौ २६, २०७३ मा प्रकाशित | 1055 views

२६ भदौ, कुश्मा ।
पर्वतको बाजुङ–६ स्थित देशकै उत्कृष्ट पातिखोला रेन्बो ट्राउट फर्म बाढीले बगाएको छ । पाती खोलामा गएको बुधबार राति आएको  बाढीले फर्म बगाएको हो ।

देशकै नमुना फर्म बगएपछि झण्डै एक करोड  क्षति भएको छ । यो फर्म गएको बर्ष विश्व खाद्य दिवसका अवसरमा मत्स्यपालन तर्फ देशकै उत्कृष्ट फर्म घोषित भएको थियो ।

पर्वतको क्याङ्ग गाबिसबाट आएको पहिरो र खोलाको बाढी फर्ममा पसेपछि त्यहाँका सबै संरचना बगाएको छ ।

फर्म बगाउँदा २७ लाख भन्दा बढी पर्ने माछाका भुरा र तयारी माछा बगेका छन् । संरचना निर्माण गर्दा झण्डै ५० लाख रुपैया खर्च लागेको फर्मका अध्यक्ष यामप्रसाद शर्माले बताउनुभयो ।

फर्ममा बाढी पसेपछि झण्डै एक करोड क्षति भएको पनि उहाँले जानकारी दिनुभयो । फर्मलाई पुनर्निर्माण पुनः सञ्चालनमा ल्याउने अध्यक्ष शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web