काठमाडौं,भदौ २३ । राष्ट्रिय खेलकुद परिषदले आ.ब. २०७२-७३ मा विभिन्न अन्तराष्ट्रिय अन अफिसियल प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बिहिबार नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद २० हजार सहित प्रशंसा पत्र, रजत पदक प्राप्त गर्नेलाई नगद १५ हजार र प्रशंसा पत्र तथा कास्य पदक प्राप्त खेलाडीहरुलाई नगद १० हजार सहित प्रशंसा पत्रबाट सम्मान गरे ।

गत आबमा अन्तराष्ट्रिय प्रतियोगितामा ३५ जनाले स्वर्ण, ४२ जनाले रजत र ३२ जनाले कास्य पदक प्राप्त गर्न सफल भएका थिए । जम्मा १६ लाख ५० हजार रुपैयाँ वितरण गरियो । सो अवसरमा हालै भुटानमा आयोजित ५० औं एशियाली शारिरीक सुगठन च्याम्पियनसिमा स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी महेश्वर महर्जनलाई मायाको चिनो सहित सदस्य सचिव बिष्टले सम्मान गरेका थिए ।

27.12¡ÆC