एजेन्सी । एप्पलले आफ्नो सबैभन्दा शक्तिशाली स्मार्टफोन आईफोन ७ र आईफोन ७ प्लस लञ्च गरेको छ। बुधबार अमेरिकाको क्यालिफोर्नियामा एक भव्य समारोहकाबीच सार्वजनिक भएको हो । एप्पलले यस पटक विशेष डिजाइन तयार पारेको छ। फिनिसिङको लागि यसले नयाँ ब्ल्याक र जेट ब्ल्याक उपयोगमा ल्याएको छ। कम्पनीका अनुसार नयाँ डिजाइन पहिलो पटक धुलो र पानीले असर नपार्ने खालको छ। त्यसैगरी नयाँ आइफोनमा नयाँ किसिमको होम बटन राखिएको छ।

एप्पलले आईओएस १० अपरेटिङ सिस्टम, एप्पल वाच सिरिज २ र इएर पोड्सको साथ कुल ५ प्रोडक्ट बजारमा उतारेको छ । लञ्च गरिएका स्मार्टफोन आईफोन ६एस भन्दा ४० गुणा फास्ट भएको दाबी गरिएको छ। एप्पलले यो पटक आफ्नो आईफोनबाट हेडफोन ज्याक नै हटाएको छ। स्मार्टफोनसंग आउने वायरलेस एप्पल इएरपोडबाट अब गित संगित सुन्न सकिनेछ। आईफोन ७ प्लसको क्यामेरामा ड्युअल लेन्स प्रयोग भएको छ।

यस पटक एप्पलले आइफोनमा क्यामेरामा पनि नयाँ प्रयोग गरेको छ। सेभेन प्लसमा पछाडि दुई वटा क्यामेरा राखिएको छ। अप्टिकल इमेज स्ट्याबलाइजेसनका साथ लो लाइटमा पनि राम्रो फोटो खिच्ने दावी कम्पनीको छ। १२ एमपीको क्यामेराले भिडियो फोर के क्वालिटीको खिच्न सकिनेछ।

सेल्फि क्यामेरा पनि ५ बाट ७ मेगापिक्सल बनाइएको छ। आईफोन ७ मा स्पीकर्सलाई सुधारेर स्टेरियो स्पीकर राखिएको छ, जुन पहिलो पटक हो। होम बटनलाई पुरै बदल्दै यो पटक एप्पलले नयाँ प्रविधि प्रयोग गरेको छ। अब बटनको ठाउँमा साँच्चैको बटन हुने छैन।

औलाले प्रेस गरे अनुसार बटन क्लिक भएको जस्तो भान गराउने छ। औलाको प्रेसर अनुसार बटनको काम निर्धारण हुनेछ। यो ‘ट्याप्टीक फिडब्याक सिस्टम’ पहिलो पटक एप्पलले म्याकबुक ल्यापटपमा प्रयोग गरेको थियो।

रिलिज भएका दुवै सेट वाटर अनि डस्ट प्रुफ छ। साथै दुवैमा पहिले भन्दा उत्कृष्ट ब्याट्री लगाइएको छ। वाईफाई चलाउँदा पनि आईफोन ७ ले १४ घण्टा ब्याट्री ब्याकअप दिने बताइएको छ। एप्पलले १६ सेप्टेम्बरबाट नयाँ आईफोन बजारमा पठाउने छ। आईफोन ७ कुल पाँच रंगमा किन्न पाइनेछ। ३२ जिबीको आइफोन सेभेनको मूल्य ६४९ अमेरिकी डलर राखिएको छ भने उत्तिकै जिबीको आइफोन सेभेन प्लसलाई ७६९ डलर मूल्य राखिएको छ।

मूल्य ( मेमोरी अनुसार):

आईफोन ७:

३२ जीबी- ५९९ पाउन्ड

१२८ जीबी -६९९ पाउन्ड

२५६ जीबी-७९९ पाउन्ड

आईफोन ७ प्लस:

३२ जीबी-७१९ पाउन्ड

१२८ जीबी-८१९ पाउन्ड

२५६ जीबी-९१९ पाउन्ड

21.19¡ÆC