१६ भदौ, विराटनगर ।
संविधान मान्दिन भन्दै बिरोध गर्ने तलब भत्ता खाने अनि संसदमा जाने, नाकाबन्दी गर्ने भन्दै भारतले लगाएको नाकाबन्दीमा सघाउने जस्तो घृणित राजनीति गर्दै आएको मधेशी मोर्चा घटक संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फेरी संविधान संसोधन नभइकन स्थानिय चुनाव भए चुनावमा नजाने भाषण गरेका छन् ।

आफ्नो राजनीतिक आधार र वर्चस्व गुमाइरहँदा निर्वाचनमा जानबाट हच्किरहेको मधेशी नेताहरुको पछिल्लो अभिव्यक्ति स्वरुप यादवले ,सरकार गठन भएको एक महिना भइसकेकाले मोर्चाको माग सम्वोधनका लागी संविधान संसोधन प्रक्रियालाइ प्राथमिक्ताका साथ अगाडी वढाउनुपर्ने बताए ।

यादवले मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाइ शहिद घोषणा, क्षतिपुर्तिका विषयमा सरकारले अगाडी वढाएको काम सकारात्मक रहेकाले अव संविधान ससोधन प्रक्रियालार्इपनी तत्काल अघि वढाउनुपर्ने माग राखे ।

स्मरणीय छ सर्वत्र विरोध भइरहँदा समेत पुष्पकमल दाहाल प्रचण्ड सरकारले मधेशी नेताहरुलाई फकाउनकै लागि मधेशमा भएको हिंसात्मक आन्दोलनमा मारिएका जो कोहीलाई शहिद घोषणा गर्दै १० लाख दिने निर्णय गरेको थियो ।

सँधै आन्दोलनको मात्र कुरा गर्न जानेका यादवले मधेशको मुद्धा सम्वोन नभए तिहारपछी आफनो पार्टी संसक्त आन्दोलनमा जाने धम्की दिए ।

27.12¡ÆC