पुग्ला त ! प्रचण्ड सरकारमा मन्त्री बनेकै दिन १० मन्त्रीले बोलेका १० निर्णय,कसले के बोले ?

भदौ १०, २०७३ मा प्रकाशित | 1353 views

काठमाडौं,भदौं १० ।  परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालय मातहतका सबै कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन्। मन्त्रीको शपथ लिइसकेपछि आज मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा मन्त्री डा. महतले उपलब्ध स्रोत साधनको बढीभन्दा बढी उपयोग गरी काम गर्न निर्देशन दिएका हुन् ।मन्त्रालय मातहतका सबै कार्यका बारेमा नियमित आफूलाई जानकारी गराउन निर्देशन दिँदै मन्त्री डा. महतले नियुक्त भएर जाने सबै राजदूतलाई स्रोत साधनको अत्यधिक उपयोग गरेर काम गर्न आग्रह गरे। उनले रिक्त बाँकी मुलुकमा पनि छिट्टै राजदूत पठाइने जानकारी दिए।

ठूलो सङ्ख्यामा नेपाली कामदार भएका मुलुकबाट स्वदेशमा भित्रिने विपे्रषणलाई कम आँकलन गर्न नहुनेमा जोड दिँदै उनले भने – “ती देशमा जाने राजदूतले अरुभन्दा बढी काम गर्नुपर्छ । मानव संशाधन कम भएको छ भने थप्न म पहल गर्नेछु ।”

भारत र चीन दुवै नेपालका लागि महत्वपूर्ण छिमेकी मुलुक भएकाले सुमधुर सम्बन्ध राख्नुपर्ने बताउँदै उहाँले सम्बन्ध थप उचाइमा पु¥याउन पहल गर्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो – “यो सम्बन्धलाई सुमधुर नगरी राष्ट्रिय अखण्डता, एकता र राष्ट्रिय स्वार्थलाई संवद्र्धन गर्न सकिँदैन ।”

सत्तामा जो आए पनि राष्ट्रिय स्वार्थलाई संरक्षण गर्दै छिमेकीको चासो र चिन्तालाई पनि महत्वका साथ हेर्नुपर्ने उनको धारणा थियो ।

गगनले भने- सिंगो पुस्ताले सम्झिने काम गर्छु
उता नवनियुक्त स्वास्थ्य मन्त्री गगन थापाले आफू असफल भए सिंगो पुस्ताप्रतिकै विश्वास गुम्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा मन्त्री थापाले केही गर्नका लागि आफु मन्त्री भएको र जनताले महशुष गर्ने किसिमको काम गर्ने बताएका हुन ।

आफूले पाएको जिम्मेवारी सामान्य जिम्मेवारी नभएको भन्दै उनलृ काम गर्ने क्रममा उच्च नैतिकता र सम्पूर्ण क्षमता देखाउने प्रतिबद्धता समेत जनाए ।

पहिलो निर्णय

स्वास्थ्य मन्त्री थापाले पदभार ग्रहण गरेपछि पहिलो निर्णय बैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण रिपोर्ट गलत हुने गरेको विषयमा छानविन गर्न विशेषज्ञ समिति गठन सम्वन्धी गरेका छन् ।गलत रिपोर्टकाका कारण बैदेशिक रोजगारीमा जाने धेरैले दुःख पाएकाले विशेषज्ञ समिति गठन भएको हो । समितिमा स्वास्थ्य मन्त्रालयको तोकेको राजपत्र अंकित प्रथम श्रेणीका चिकित्सक अध्यक्ष रहनेछन् ।

मेडिकल काउन्सिलका एक चिकित्सक, श्रम तथा यातायात मन्त्रालयका कानून अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष वा प्रतिनीधि र वैदेशिक रोजगारीबाट फर्किएको मध्येबाट एक जना सदस्य रहनेछन् ।

पर्यटन मन्त्री निर्देशन

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले आर्थिक समृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकास र हवाई सञ्जाल विस्तार गरिने बताएका छन् । सिंहदरबारमा आज पद बहालीपछि मन्त्रालय मातहत निकायका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री शाहीले पारदर्शी ढङ्गले परिणाममुखी काम गर्न आग्रह गरे ।

“हाम्रो मुख्य आयस्रोत पर्यटन हो, देश बनाउने दरिलो आर्थिक स्रोतको रुपमा रहेको पर्यटन मन्त्रालयलाई गतिशील बनाई पर्यटन विकासका लागि पूर्वाधार विकास र हवाई सेवा विस्तारलाई विशेष प्राथमिकताका साथ अघि बढाइनुपर्छ,”–मन्त्री शाहीले भनेयो ।

उहाँले पर्यटन प्रवद्र्धनका लागि पूर्वी भेगमा जति गतिविधि छन्, त्यसको तुलनामा पश्चिम र सुदूरपश्चिम पछि परेको भन्दै नीतिगत सुधारसहित पूर्वाधार विकास र हवाई सेवाको पहुँचका लागि काम गरिनुपर्ने खाँचो औँल्याए

एक साताभित्र विमानस्थल सुधार

मुलुकको प्रतिष्ठासँग जोडिएको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा गुणस्तर खस्किएको जनगुनासो बढेका बेला पर्यटन मन्त्री शाहीले एक हप्ताभित्र विमानस्थल सुधार गर्न सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएका नेपाल हेडलाइन्सडटकमले समाचार लेखेको छ । “विमानस्थलको शौचालयको दुरावस्था र ‘लगेज’ व्यवस्थापनलाई सुधार गर्नुस्, विमानस्थललाई सफा राख्नुस् एक हप्ताभित्र सुधार देखिनुपर्छ”–उहाँले भने ।

मन्त्री शाहीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्समा जहाज थपेर गुणस्तरीय व्यवस्थापन गरी आन्तरिक विमानस्थल थप तथा सुधारका लागि योजनावद्ध काम गर्न पनि सम्बन्धित पदाधिकारीलाई निर्देशन दिए ।

यसैबीच, पर्यटनमन्त्री शाहीले पद बहालीपछि पहिलो निर्णयको रुपमा सङ्घीयताको सन्दर्भमा मन्त्रालयको कार्यक्षेत्र र सङ्गठनस्वरुप व्यवस्थापनका लागि कार्यदल गठन गर्ने निर्णय गरे ।

‘संविधान र ऐनमा व्यवस्था भएअनुसार’ मन्त्रालयको कार्यक्षेत्र सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यको विश्लेषण गरी बाँडफाँड गर्ने, कानुन परिमार्जन गर्ने र सङ्गठनात्मक संरचना परिमार्जन गरी कर्मचारी व्यवस्थापन गर्नका लागि कार्यदल गठन गर्ने निर्णय गर्नुभएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

‘कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु प्राथमिकता’ – मन्त्री गिरी

उता नवनियुक्त सिँचाइमन्त्री दीपक गिरीले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता बताएका छन् । सिंहदरबारस्थित सिँचाइ मन्त्रालयमा आज पदबहालीपछि उहाँले आफू मातहतका कर्मचारीलाई सम्बोधन गर्दै भन्नुभयो–“अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको छैन, त्यसैले अब कर्मचारीतन्त्रमा भएको विगतको परम्परालाई अन्त्य गर्नुपर्छ, म आस्थाका आधारमा भन्दा कामका आधारमा मूल्याङ्कन गर्छु ।”

मन्त्री गिरीले आफू सबै तहका कर्मचारीका कुरा सुनेर मात्रै अघि बढ्ने बताउँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, सिन्धुपाल्चोकलगायत जिल्लाका बाढीपीडितको समस्या समाधान गर्न सबै एकजुट भएर लाग्न कर्मचारीलाई निर्देशन दिए । सो अवसरमा उनले सिँचाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले मन्त्रालयस्तरीय समस्या समाधान बैठक यही आइतबार (भदौ १२) बोलाउन गर्नुभएको प्रस्ताव स्वीकृत गरे । विसं २०१८ मा हेकुली–९ दाङमा जन्मिनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य गिरी पहिलोपटक मन्त्री बन्नुभएको हो । विसं २०२९ देखि राजनीतिमा आबद्ध उहाँ पछिल्लो समयमा दाङ क्षेत्र नं ५ बाट काँग्रेसतर्फबाट सांसद निर्वाचित भएका थिए ।

लोकतन्त्रमा कोही सानो ठूलो हुँदैन– मन्त्री यादव

यसैगरी विगतको सशस्त्र द्वन्द्वबाट क्षतिभएका भौतिक पूर्वाधारको पुनःनिर्माण हुन नसकेकामा शान्ति तथा पुनःनिर्माण मन्त्रालयका कर्मचारीले नवनियुक्त मन्त्रीको ध्यानार्कषण गराएका छन् । नवनियुक्त मन्त्री सीतादेवी यादवको सम्मानमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव सर्वोजितप्रसाद यादवले सो ध्यानार्कषण गराउनुभएको थियो । मन्त्रालयमा मन्त्रीको पद बहाली भएलगत्तै आयोजित कार्यक्रममा सचिव यादवले दुईतिहाइ क्षतिग्रस्त संरचनाको पुनःनिर्माण हुन बाँकी रहेको बतइन् ।

दशवर्ष पहिले २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भई माओवादी लडाकुको नेपाली सेनामा समायोजन, द्वन्द्वपीडित जनताको उपचार, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्ने उद्देश्यले शान्ति तथा पुनःनिर्माण मन्त्रालयको गठन भएको थियो ।

मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिनुहुँदै कामप्रतिको ढिलासुस्ती र अपारदर्शीताले लोकतन्त्रलाई कुरुप बनाउने हुँदा त्यस कार्यतर्फ सजग हुन आग्रह गरिन् ।उनले लोकतन्त्रमा सानो र ठूलो नभई कामले सानो र ठूलो छुट्ट्याउँछ भन्नुहँुदै परिणाम प्राप्तिका लागि सदैव कामप्रति चनाखो भई काम गर्नुपर्ने समय आएको बताए ।

दशवर्ष पहिले चैत १८ गते शान्ति सचिवालयको खारेजी र मुलुकमा दिगो शान्ति कायम गर्ने अभिप्रायबाट स्थापित सो मन्त्रालय अन्तर्गत रु ३५ अर्ब बराबरको क्षतिग्रस्त भौतिक पुनःसंरचनाको निर्माण हुनुपर्नेमा हालसम्म रु नौ अर्बबराबरका क्षतिग्रस्त संरचनाको पुनःनिर्माण भएका छन् ।

नेपाली काँग्रेसको काठमाडौँमा सम्पन्न तेह्रौ महाधिवेशनबाट नेपाली काँग्रेस पार्टीको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित नवनियुक्त शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव शहिद चन्द्रनारायण यादवकी पत्नी हुनुहुन्छ । २०५७ असार ५ गते चन्द्रनारायण यादवको तत्कालीन माओवादीले हत्या गरेपछि उनी नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुँदै आएकी छन् ।

मुलुक र जनताको भलाइ गर्छ भन्ने विश्वास बढाउनुपर्छ –मन्त्री खाँण

उता नवनियुक्त रक्षामन्त्री बालकृष्ण खाँणले राष्ट्रियताको सम्बद्र्धन, नेपाली जनताको स्वतन्त्रता र सुरक्षाका लागि नेपाली सेनाले गौरवशाली भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहालीपछि मन्त्रालय र मातहतको नेपाली सेनाको उच्च अधिकारीलाई निर्देशन दिँदै उनले भने–“मुलुकको संविधान र कानुन कार्यान्वयनमा पनि नेपाली सेनाबाट महत्वपूर्ण भूमिका निर्वाह हुँदै आएको छ ।’’

अन्तर्राष्ट्रिय जनतामा समेत सेनाले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाइरहेको उल्लेख गर्दै नवनियुक्त रक्षामन्त्री खाँणले भने–“नेपाली जनतामा सेनाप्रति जुन विश्वास छ, मुलुक र जनताको भनाइ गर्छ, सुरक्षा दिन्छ भन्ने त्यो विश्वासलाई अझै बढाउने कार्यलाई मूर्तरुप दिनुपर्छ ।”

नेपाली सेना र जनताबीच रहँदै आएको आत्मीय सम्बन्ध विस्तार गर्ने, सङ्गठनलाई आधुनिकीकरण गर्ने, सुदृढ तुल्याउने गौरव र प्रतिष्ठा बढाउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उनले नेपालको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, अखण्डता र नेपाली जनताको सुरक्षामा नेपाली सेनाले गरेको कार्यमा सहयोग पु¥याउनु हामी सबैको दायित्व हो भने ।

स्याङ्जाको मल्याङकोट गाविसमा २०१७ सालमा जन्मिएका नवनियुक्त मन्त्री खाँण २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा रुपन्देही जिल्लाको क्षेत्र नं ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि नवनियुक्त रक्षामन्त्री खाँणलाई मन्त्रालयमा सचिव महेशप्रसाद दाहाल र प्रधानसेनापति राजेन्द्र क्षेत्रीले स्वागत गरेका थिए ।

‘मबाट आग्रह र पूर्वाग्रह हुँदैन’ – मन्त्री बुढाथोकी

नवनियुक्त सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कर्मचारीलाई आग्रह र पूर्वाग्रही नराखी ढुक्क भएर काम गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारमा सामान्य प्रशासन मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री बुढाथोकीले निर्देशन दिँदै भन्नुभयो – “म कुनै आग्रह र पूर्वाग्रहमा सञ्चालिन हुने छैन । क्षमताका आधारमा काम गर्नुहोस् । मेरो साथ हुन्छ ।”

योग्य र क्षमता भए पनि पहुँच नपुगेर पछाडि परेका कर्मचारीलाई अगाडि बढ्न आग्रह गर्दै उहाँले पछि परेका कर्मचारीको मनोबल उठाउन आफूले प्रयास गर्ने बताउनुभयो ।

उहाँले क्षमताका आधारमा कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरिनेसमेत जानकारी गराए । “परिश्रमी कर्मचारीलाई पुरस्कार दिइनेछ । काम नगर्ने कर्मचारीलाई दण्डको पनि व्यवस्था हुन्छ” – उनले भने ।

मन्त्री बुढाथोकीले राजनीतिक र प्रशासनिक क्षेत्रले देश चलाउने बताउँदै दुवैको समन्वयमा मात्र मुलुकले अगाडि बढ्ने जानकारी गराए ।

मन्त्री बुढाथोकी विसं २०७० मा भएको संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रत्यक्ष प्रणालीमार्फत निर्वाचित भएका हुन् । विसं २०२४ मा विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका मन्त्री बुढाथोकीले नौ महिना जेलजीवनसमेत बताएका छन् ।

इमान्दारीतापूर्वक काम गर्न मन्त्री गुरुङको निर्देशन

यसैगरी नवनियुक्त श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले मन्त्रालयलाई मर्यादित र व्यवस्थित बनाउनका लागि आफूले सक्दो पहल गर्ने बताएका छन्। मन्त्रालयमा पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री गुरुङले इमान्दारीतापूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिँदै त्यसमा आफ्नो सहयोग हुने प्रष्ट पारे ।

वैदेशिक रोजगारको क्षेत्रमा निःशुल्क टिकट र प्रवेशाज्ञाको विषय विवादमा रहेको आफूले पनि जानकारी पाएको भन्दै उहाँले यसबारे आफूले अध्ययन गरेर मात्रै निर्णय गर्ने बताए । देशभित्रै रोजगारी सिर्जना गर्न तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने कार्य आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

समुदायमा आधारित उद्योगलाई प्राथमिकताःउद्योगमन्त्री

त्यस्तै नवनियुक्त उद्योगमन्त्री नवीन्द्रराज जोशीले समुदायमा आधारित उद्योगलाई प्राथमिकता दिएर कार्यक्रम तथा नीति तयार गर्ने बताएका छन् । शपथ लिइसकेपछि आज मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा उहाँले कर्मचारीलाई निर्देशन दिँदै सार्वजनिक सेवालाई जनमुखी बनाउन जोड दिए ।

उनले भने– “जनताले अनुभूति गर्नेगरी सेवा प्रदान गर्नुपर्छ, उनीहरुले पाउने सुविधामा कमी आउनु भएन ।” मन्त्री जोशीले कर्मचारीले अगाडि बढाएका विषयलाई आफूले सहज तुल्याउने उल्लेख गर्दै जिम्मेवार भएर काम गर्न निर्देशन दिए । कृषिमा आधारित उद्योग तथा रोजगारी प्रवद्र्धन गर्ने क्षेत्रले विशेष प्राथमिकता पाउनुपर्नेमा जोड दिँदै उनले मन्त्रालयको स्रोत र साधनको अधिकतम प्रयोग गरेर नतिजा निस्कने गरी काम गर्नुपर्नेमा जोड दिए ।

आफूले काठमाडौँ महानगरपालिकाको उपमेयर भएर गरेका सुधारका अनुभव सुनाउँदै मन्त्री जोशीले नयाँ ढाँचाका साथ काम गरेर एक महिनाभित्र मन्त्रालयमा काम भएको छ भन्ने स्पष्ट सन्देश दिन चाहेको बताए । सो अवसरमा उद्योग सचिव शङ्करप्रसाद कोइरालाले मुलुकलाई औद्योगिकीकरण नगरेसम्म आर्थिक समृद्धि नहुने धारणा राख्दै त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

औद्योगिक क्षेत्रमा नियमित विद्युत् अबरुद्ध, पूर्वाधारको अभाव, बजार व्यवस्थापनमा समस्या, कच्चा पदार्थको अभाव एवम् मैत्रीपूर्ण व्यवहार नभएकाले यस क्षेत्रले आकर्षक बन्न नसकेको नवनियुक्त मन्त्री जोशीलाई उनले जानकारी गराए ।

विभागको संरचनालाई व्यवस्थित गर्न निर्देशन

यसैगरी नवनियुक्त वन तथा भू संरक्षणमन्त्री शङ्कर भण्डारीले वन मन्त्रालयअन्तर्गतका विभागको संरचनालाई व्यवस्थित गर्न निर्देशन दिएका छन् । आज मन्त्रालयमा पदबहाली गर्दै मन्त्री भण्डारीले कर्मचारीलाई नियमित कार्यालयमा आएर आफ्नो कामकारबाही गर्न आग्रह गरेका हुन् ।

उनले भने, “तपाइँलाई समस्या परेमा आफ्नो उचित र जायज माँग मलाई भन्नुहोस् मैले गर्नसक्ने समाधान गर्छु तर इमान्दार भएर काम गर्नुहोस् ।” मन्त्री भण्डारीले वन तथा भू क्षेत्रको विकास र विस्तारका लागि मन्त्रीपरिषद्को वैठकमा खेल्नुपर्ने भूमिका खेल्न आफु तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

उनले भूकम्पपछिको पुननिर्माणमा काठको आवश्यकता रहेको हुँदा आफ्नो कार्यकालमा काठ उपलब्ध गराउने विश्वास व्यक्त गरे । मन्त्री भण्डारीले सामुहिक प्रयत्नमार्फत सबै समस्या समाधान हुने भन्दै सबैलाई एकजुट भएर काम गर्न आग्रह गरे । उनले मन्त्रालयको कार्यप्रगतिको बारेमा समय समयमा समिक्षा गर्नु आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web